पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

वैशाख २,
पाल्पामा हिजो स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार लाम्टाङबाट ओइरीघाटतर्फ जादै गरेको लुम्बिनी प्रदेश ०९-००४ प ८०३९ नंको स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए ।

उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज