शिक्षकहरूको आन्दोलन आज १७ औं दिन पनि जारी

शिक्षकहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यालय शिक्षा विधेयक यथाशक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डौमा गरिरहेको आन्दोलनको आज १७औं दिन भइसकेको छ ।

शिक्षकहरू आज पनि माइतीघर मण्डलामा भेला भएर बानेश्वर पुगेका छन् । उनीहरूको प्रदर्शनका कारण माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित भएको छ ।

शिक्षकहरूको आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।

नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका शैक्षिक गतिविधि र परीक्षामा सहभागी नहुने बताउँदै आएको छ । महासङ्घको नेतृत्वमा शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्कार गरी आन्दोलन गरिरहेका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज