पाल्पालीको अथाह मायाले जित सुनिश्चित : उम्मेद्धार श्रेष्ठ
फागुन १७,
प्रतिनिधिसभाका लागि पाल्पा क्षेत्र नम्बर-२ का रुख चिन्हका उम्मेद्धार हिमालदत्त श्रेष्ठ चुनावी अभियान अन्तरगत घरदैलोको क्रममा पाल्पाली मतदाताको अथाह माया पाएको बताउनुभएको छ । उहाँ घरदैलोको अभियानको अन्तिम तयारीमा रहेको अबस्थामा पाल्पा २ का आमाबुबा दाजुभाइ दिदीबहिनीहरुको माया स्वरुप रुख चिन्हमा मतदान गरि बिजयी सुनिश्चित गरिदिनुभएको बताउनुभएको छ । आम पाल्पा २ का मतदाताहरुमा रुख चिन्हमा मतदान गर्न आतुर भएकाले आफ्नो जित सुनिश्चित भईसकेको उहाँले बताउनुभएको छ ।
उहाँ यस क्षेत्रका समग्र युवा तथा ज्येष्ठ नागरिकको साझा उम्मेद्धारका रुपमा रहि सबै मतदाताको आशिर्वाद लिइरहुनभएको छ । जेनजी युवाहरुको भावना बुझ्ने र युवा समुहको प्रतिनिधित्व गर्ने शसक्त युवा उम्मेद्धारको रुपमा श्रेष्ठ प्रस्तुत हुनुभएको छ । उहाँले बजारको भोगाई र गाउँको समस्या नजिकबाट नियाल्नुभएको छ । उहाँ बजार क्षेत्र र ग्रामिण ...








