पाल्पालीको अथाह मायाले जित सुनिश्चित : उम्मेद्धार श्रेष्ठ

फागुन १७,
प्रतिनिधिसभाका लागि पाल्पा क्षेत्र नम्बर-२ का रुख चिन्हका उम्मेद्धार हिमालदत्त श्रेष्ठ चुनावी अभियान अन्तरगत घरदैलोको क्रममा पाल्पाली मतदाताको अथाह माया पाएको बताउनुभएको छ । उहाँ घरदैलोको अभियानको अन्तिम तयारीमा रहेको अबस्थामा पाल्पा २ का आमाबुबा दाजुभाइ दिदीबहिनीहरुको माया स्वरुप रुख चिन्हमा मतदान गरि बिजयी सुनिश्चित गरिदिनुभएको बताउनुभएको छ । आम पाल्पा २ का मतदाताहरुमा रुख चिन्हमा मतदान गर्न आतुर भएकाले आफ्नो जित सुनिश्चित भईसकेको उहाँले बताउनुभएको छ ।

उहाँ यस क्षेत्रका समग्र युवा तथा ज्येष्ठ नागरिकको साझा उम्मेद्धारका रुपमा रहि सबै मतदाताको आशिर्वाद लिइरहुनभएको छ । जेनजी युवाहरुको भावना बुझ्ने र युवा समुहको प्रतिनिधित्व गर्ने शसक्त युवा उम्मेद्धारको रुपमा श्रेष्ठ प्रस्तुत हुनुभएको छ । उहाँले बजारको भोगाई र गाउँको समस्या नजिकबाट नियाल्नुभएको छ । उहाँ बजार क्षेत्र र ग्रामिण भेग सबै तिर समान बिकासको हिमायती हुनुहुन्छ ।
पाल्पामा बिशेषगरि पर्यटन, कृषि,स्वास्थ्य, शिक्षा र सडक संरचनालाई नै मुख्य रुपमा बिकास गर्नुपर्ने उहाँको स्पष्ट भिजन रहेको रहेको छ ।

ग्रामिण भेगमा शिक्षा र स्वास्थ्यमा सुघार, कृषि क्षेत्रमा जंगली जनावरको आक्रमण तथा सिंचाईको समस्या, खानेपानी, ग्रामिण सडकको दुरावस्था लगायत काम गर्नु अठोट लिनुभएको छ । बजार क्षेत्रमा खानेपानी, ढल, सडक पुर्वाधार, पर्यटन लगायतको बिकासका लागि स्पष्ट रुपमा कानुन संसोधन गरि दीर्घकालिन योजना सहित अबको बिकास गर्नुपर्ने रहेको उहाँले बताउनुभएको छ ।

पाल्पामा बिगत देखी नै संघिय संसदामा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले सहि रुपमा पाल्पाको बिकासमा भूमीका खेल्न नसकेका कारण पाल्पा अन्य छिमेकी जिल्लाको तुलनामा पछाडी परेको उहाँको भनाई छ । प्रचुर सम्भावना बोकेको स्थान भएपनि त्यसलाइ सदुपयोग गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले स्पष्ट रुपमा पाल्पा र नेपालको बिकासको योजना बोकेर नेपाली कांग्रेस जनताको माझमा गएको बताउनुभयो ।
फागुन २१ गते रुख चिन्हमा छाप लगाई बिजयको माला लगाई दिने दिनको ब्यग्र प्रतिक्षामा पाल्पा २ का आम मतदाता रहेको पाईएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज