एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको छ: ठाकुर प्रसाद गैरे

फागुन १७,
नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले चिदीपानीको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा शनिबार माथागढी गाउँपालिका वडा नं. १, चिदीपानी पुग्नुभएका नेता गैरेले मतदाताहरूसँगको भेटघाटमा यस्तो बताउनुभएको हो ।

मतदाताहरूलाई सम्बोधन गर्दै गैरेले चिदीपानी क्षेत्रको कृषि र यातायातलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “चिदीपानीको फाँट क्षेत्रमा सिंचाइ सुविधा पु¥याउन र सडक तथा पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा कामहरू भइरहेका छन्,” उहाँले भन्नुभयो, “यी आयोजनाहरूलाई पूर्णता दिन नेकपा एमालेको जित आवश्यक छ ।”

शिक्षा क्षेत्रको विकासबारे बोल्दै उम्मेदवार गैरेले चिदीपानीस्थित सौभाग्य माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना सुनाउनुभयो । उहाँका अनुसार संघीय सरकारको सहयोगमा यस विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र प्राविधिक धारका कक्षाहरू सञ्चालन गर्न विशेष पहल भइरहेको छ ।

माथागढीका नागरिकहरूले सधै नेकपा एमालेको विचार र सिद्धान्तलाई साथ दिँदै आएको स्मरण गर्दै उहाँले एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको दाबी गर्नुभयो । स्थानीय मतदाताले पनि एमालेले अघि सारेका विकासका योजनाहरूप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।

भेटघाट कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो । उम्मेदवार गैरेले घरदैलो अभियानलाई तीव्र पार्दै आगामी निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह समेत गर्नुभएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज