रास्वापाको घरदैलो अभियानमा नागरिकहरूको उत्साहजनक सहभागिता

निराजन पौडेल
फागुन १७, पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो अभियान तीव्र रूपमा अगाडि बढिरहेको छ । नेता तथा कार्यकताहरु गाउँगाउँ-टोलटोलमा पुग्दा नागरिकहरूमा छुट्टै किसिमको उत्साह र उमङ्ग देखिएको क्षेत्रीय सभापति गनेश बस्यालले जनाउनुभयो ।

बस्यालका अनुसार पुराना दलप्रति बढ्दो निराशाका कारण मतदाता नयाँ विकल्पको खोजीमा छन् । देशभर जस्तै पाल्पामा पनि ठूलो संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएका छन् । निर्वाचनको दिन आउन अब मात्र चार दिन बाँकी छ मतदाताहरू घण्टी चिन्हमा मतदान गर्न आतुर देखिएको उहाँले बताउनुभयो ।

यसैबीच, हिजो बगनासकाली गाउँपालिका अन्तर्गत चितुङगधारा, गाप्टुङ्ग त्यस्तै गरि रिब्दीकोट गाउँपालिका को ठिमूरे, लम्बास, प्याराचौर, घोर्लीखर्क हुँदै लुलीभाट् गाउँ सम्म गरिएको घरदैलो कार्यक्रममा पनि जनताको उत्साहजनक सहभागिता रह्यो । स्थानीय बासिन्दाले पुराना दलबाट वितृष्णा बढेकाले नयाँ शक्तिलाई पूर्णरुपमा समर्थन गर्ने पार्टी कार्यालयले दावी गरेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज