नेपाल भित्रियो उड्ने कार
भदौ ३ । मानिसले कल्पना गरे जस्तै विदेशमा उड्ने कार बनेको भन्ने विभिन्न समाचारका बीच अब नेपालमै पनि उड्ने कार आइपुगेको छ । केही दिन अघि नेपाल र चीनको नाकामा उड्ने कार बोकेर मानिसहरु हिँडी रहेको दृष्य भाइरल भएको थियो । त्यसको केही दिनमै उक्त कार काठमाडौं पुगेको छ । मंगलबारबाट काठमाडौंमा शुरु भएको नाडा अटो शो मा उड्ने कार प्रदर्शनमा राखिएको छ । उक्त कार हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन् । उक्त शो मा अहिले निकै आकर्षणका रुपमा रहेको उड्ने कार हेर्नेहरुको भिड लागेको छ । दर्शकहरुले हेर्ने र फोटोहरु खिच्ने गरेका छन् । यतिवेला सामाजिक सञ्जालमा पनि उड्ने कार भाइरल भइरहेको छ ।...








