पाल्पामा भेटियो यार्सागुम्बा

जेठ २६,
पाल्पाको रिमिघा लेकममा यार्सागुम्बा भेटिएको छ । रम्भा गाउँपालिका ३ स्थित रिमिघा लेकमा एक हप्ता अघि यार्सागुबा जस्तो देखिने जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको छ । डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा गरेको नमुना परीक्षणमा उक्त जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको हो। स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएपछि डिभिजन वन कार्यालयसंंगको समन्वयमा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइएको थियो ।

उक्त जडिबुटी फेला परेपछि पालिकाले रिमिघालेक जङ्गल प्रवेशमा रोक लगाएको थियो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाँडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको थियो । परीक्षणपछि यार्सा नै हो भन्ने प्रमाणित भएको छ । बहुमूल्य जडिबुटी फेला परेपछि त्यस क्षेत्रको संरक्षणका लागि थप छलफल गरेर अघि बढिने अध्यक्ष भण्डारीले बताए।

रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्र अन्तरगत पर्दछ । रिमिघा लेक समुद्र सतहदेखि एक हजार ७९४ मिटर उचाईमा रहेको छ । घना जङ्गलले घेरिएको यस क्षेत्र रम्भादेवी मन्दिर भएको क्षेत्रमा पर्दछ। पहाडि जिल्लामा पहिलो पटक यार्सागुम्बा फेला परेपछि जिल्लाबासी नै धेरै उत्साहित भएका छ्न।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज