Breaking News 2

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

Breaking News 2, कर्णाली, समाचार
भदौ ०३, भोलि भदौ ४ गते बुधबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश स्थापना दिवसको अवशरमा बुधबार सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना गरी गर्दै प्रदेशभर सार्वजनिक विदा दिएको हो । २०८१ साल चैत १७ मा प्रदेश मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै मन्त्रालयले कर्णाली प्रदेश स्थापनाको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा भएको जानकारी गराएको हो । कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिइने भनी सूचनामा उल्लेख छ । भदौ ४ गते बुधबारलाई प्रदेशले सहिद दिवस पनि भनेको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना...
मौलिक तीजगीतसहित दर खाने कार्यक्रम सम्पन्न

मौलिक तीजगीतसहित दर खाने कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन २७, जयराम सापकोटा । श्रीदुर्गा भवानी टोल विकाश संस्था तानसेन १ भुसलडाँडाले आउदै गरेको हरितालिका तिजको अवसरमा मौलिकतामा आधारित आफैले रचेका तिजगित गाएर दरखाने कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष संस्थागत रुपमा दरखाने कार्यक्रम मनाउदै आएको संस्थाले यसवर्ष पनि भुसलडाँडा क्षेत्र भित्रका सवै महिलाहरुलाई समेटेर आफ्नो मौलिक परम्परा जोगाउनका लागी कार्यक्रमको आयोजना गरेको संस्थाकी अध्यक्ष चित्रकला न्यौपानेले वताउनुभयो । त्यस्तै एैलेको अवस्थामा होलट र रिसोटमा गएर म्युजिक डान्स गर्ने उत्ताउलो प्रविधीलाई रोक्न र कम खर्चले पनि आफ्नै ठाउमा रमाइलो गर्न सकिदो रहेछ भन्ने जनचेतना होस भनेर उजागर गर्न पनि संस्था भित्रका सवै महिला पुरुष मिलि मौलिकतामा आधारित तिज गित कार्यक्रम गरेको संस्थाका जेष्ठ सदस्य देविदत्त शर्माले वताउनु भयो । करिव ४० जना भन्दा वढिको सहभागिता रहेको कार्यक्रम तानसेन १ दुर्गा ...
पाल्पामा पनि मनाइयो गाइजात्रा पर्व

पाल्पामा पनि मनाइयो गाइजात्रा पर्व

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
सााउन २६, काठमाडौं उपत्यकाबाट बसाई सरी आएका नेवार समुदायले मनाउन सुरु गरेको गाईजात्रा पर्व पाल्पामा पनि मनाइएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झना र बैकुन्ठबासको कामना गर्दै यो पर्व मनाइने गरिन्छ । दिवंगत भएका घरको आफ्न्तले मानिसलाई गाई को रुपमा सिगारेर परिक्रमा गराईने प्रचलन रहेको छ । यसरी परिक्रममा गर्नाले मृतकले गाईको पुच्छर समाती बैतारनी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ । गाइजात्रालाई वर्ष भरमा मृत भएका मानिसहरुको गणना गर्ने पर्वका रुपमा समेत लिने गरिन्छ । सबै समुदायले गाईजात्रा निकाल्ने प्रचलनले समाजमा भातृत्वको सन्देश प्रवाह हुँदै आएको समेत पाइन्छ ।...
मोटरसाइकल र्दुघटना हुँदा एक युवकको मृत्यु

मोटरसाइकल र्दुघटना हुँदा एक युवकको मृत्यु

Breaking News 2, समाचार
साउन २६. रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाईकल अनियन्त्रित भई र्दुघटनाहुँदा २० वर्षीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाईकल सोमबार बिहान पौने ४ बजे मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो । त्यसक्रममा गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान  छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २६, आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एकरदुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै पहाडी भू-भागका धेरै ठाउँहरुमा र मधेश प्रदेशलगायतका तराई भू-भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउनुहुन  महाशाखाले अनुरोध गरेको छ ।  ...
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन २४, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाधिन्छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बल...
आज यि प्रदेशमा भारी वर्षाको सम्भावना

आज यि प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 2, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २४, मौसम साधरणतया बदली रहेको छ। देशभर गए राती देखी अहिले सम्म हल्का देखी मम्ध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन २२, देशभर मनसुनको प्रभाव कायमै रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
तानसेनमा दोश्रो रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुने

तानसेनमा दोश्रो रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन १७, तानसेनस्थित टुँडिखेल मैदानमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकास सँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पुुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् । खेल श्रीनगर भलिबल क्लवको आयोजनामा यही साउन २८ गतेदेखि भदौ १ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।...
आज राष्ट्रिय कोदो दिवस मनाइदै

आज राष्ट्रिय कोदो दिवस मनाइदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
साउन १६, कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार ; खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज