पाल्पामा पनि मनाइयो गाइजात्रा पर्व

सााउन २६,
काठमाडौं उपत्यकाबाट बसाई सरी आएका नेवार समुदायले मनाउन सुरु गरेको गाईजात्रा पर्व पाल्पामा पनि मनाइएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झना र बैकुन्ठबासको कामना गर्दै यो पर्व मनाइने गरिन्छ । दिवंगत भएका घरको आफ्न्तले मानिसलाई गाई को रुपमा सिगारेर परिक्रमा गराईने प्रचलन रहेको छ । यसरी परिक्रममा गर्नाले मृतकले गाईको पुच्छर समाती बैतारनी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ ।

गाइजात्रालाई वर्ष भरमा मृत भएका मानिसहरुको गणना गर्ने पर्वका रुपमा समेत लिने गरिन्छ । सबै समुदायले गाईजात्रा निकाल्ने प्रचलनले समाजमा भातृत्वको सन्देश प्रवाह हुँदै आएको समेत पाइन्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज