साउन २६.
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाईकल अनियन्त्रित भई र्दुघटनाहुँदा २० वर्षीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका वडा नम्बर १४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।
ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाईकल सोमबार बिहान पौने ४ बजे मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो ।
त्यसक्रममा गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।