साउन २७,
जयराम सापकोटा ।
श्रीदुर्गा भवानी टोल विकाश संस्था तानसेन १ भुसलडाँडाले आउदै गरेको हरितालिका तिजको अवसरमा मौलिकतामा आधारित आफैले रचेका तिजगित गाएर दरखाने कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष संस्थागत रुपमा दरखाने कार्यक्रम मनाउदै आएको संस्थाले यसवर्ष पनि भुसलडाँडा क्षेत्र भित्रका सवै महिलाहरुलाई समेटेर आफ्नो मौलिक परम्परा जोगाउनका लागी कार्यक्रमको आयोजना गरेको संस्थाकी अध्यक्ष चित्रकला न्यौपानेले वताउनुभयो ।
त्यस्तै एैलेको अवस्थामा होलट र रिसोटमा गएर म्युजिक डान्स गर्ने उत्ताउलो प्रविधीलाई रोक्न र कम खर्चले पनि आफ्नै ठाउमा रमाइलो गर्न सकिदो रहेछ भन्ने जनचेतना होस भनेर उजागर गर्न पनि संस्था भित्रका सवै महिला पुरुष मिलि मौलिकतामा आधारित तिज गित कार्यक्रम गरेको संस्थाका जेष्ठ सदस्य देविदत्त शर्माले वताउनु भयो ।
करिव ४० जना भन्दा वढिको सहभागिता रहेको कार्यक्रम तानसेन १ दुर्गा भवानी मन्दिर परिसरमा सम्पन्न भएको हो ।