तानसेनमा दोश्रो रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुने

साउन १७,
तानसेनस्थित टुँडिखेल मैदानमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकास सँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पुुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् ।

खेल श्रीनगर भलिबल क्लवको आयोजनामा यही साउन २८ गतेदेखि भदौ १ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज