Breaking News 2

पदबाट बर्खात भएपछि सर्वोच्च पुगे कुलमान

पदबाट बर्खात भएपछि सर्वोच्च पुगे कुलमान

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
चैत १४ आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट पेस गरेका छन्। बुधबार ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। ‘कार्यालय समय सकिने बेलामा उहाँको रिट आइपुगेको छ,’ उनले भने, ‘हेर्न भ्याइएको छैन। बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढ्छ।’ उनले अधिवक्ता लोकमणि पोखरेलमार्फत सर्वोच्चमा रिट दिएका हुन्। घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, ऊर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाएर रिट पेस गरेका छन्। उनले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशसमेत माग गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारले घिसिङलाई हटाएर हिदेन्द्रदेव शाक्यलाई प्राधिकरणक...
कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १३ कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थीत प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई पुनः नियुक्त गर्न माग राख्दै नारावाजी गरेका थिए । प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १२ नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । १०औँ महाधिवेशनमा पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षका अर्का दावेदार राजेश राई पछाडि हटेसँगै पाण्डे सर्वसम्मत चयन भएका हुन् । यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा चयन भएका हुन् ।...
एसईई : चार जना निरीक्षक निष्कासित

एसईई : चार जना निरीक्षक निष्कासित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०९ माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन हिजो (शुक्रबार) सुनसरीका दुई परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ । दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती मा.वि र गढी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती मा.वि बाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । प्रजिअको नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चिट चोराएको भेटिएपछि निष्कासन गरिएको जनाएको छ । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेत गरिएको छ । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई विनम्र भएर नियम पालना गर्न प्रजिअले अनुरोध समेत गरेका छन् ।  ...
लोकतन्त्रको पक्षमा देशैभर जनप्रदर्शन गर्ने एमालेको घोषणा

लोकतन्त्रको पक्षमा देशैभर जनप्रदर्शन गर्ने एमालेको घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत ०८ नेकपा (एमाले) ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतनाका लागि देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।  मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनचेतना अभियान घोषणा गरेको हो । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते देखि ३० गते सम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनचेतना कार्यक्रम आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।...
एसईई परीक्षा आजदेखि सुरु

एसईई परीक्षा आजदेखि सुरु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा
चैत ०७ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको छ । एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुट्ट्याउँदै आएको छ।  ...
च्याउ खाएर बिरामी भएका १० जनामध्ये एकको मृत्यु

च्याउ खाएर बिरामी भएका १० जनामध्ये एकको मृत्यु

Breaking News 2, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत ०५ तनहुँमा च्याउ खाँदा बिरामी परेका १०  मध्ये एक को मृत्यु भएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारको क्रममा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । अरु नौ जनाको अवस्था भने सामान्य छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।
लोक सेवामा ६ पटक फेल भए अब परीक्षा निषेध हुदै 

लोक सेवामा ६ पटक फेल भए अब परीक्षा निषेध हुदै 

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०४ संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने गरी तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई जिम्मेवारी दिएको छ । धेरै पटक परीक्षा दिएर पास हुने कर्मचारीले निजामती सेवामा योगदान गर्न नसक्ने पनि आयोग अध्यक्ष रेग्मीको तर्क समेत छ।...
सांसदकै अगाडि पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाइयो

सांसदकै अगाडि पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाइयो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत ०२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन ९राप्रयुसं०ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ । शनिबार मकवानपुरमा आयोजित जिल्ला अधिवेशनमा राप्रयुसंका निराजन बमले कार्यक्रम मञ्चमै पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् । कार्यक्रममा मकवानपुर क्षेत्र नं.१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह लगायत अन्य नेताहरू उपस्थित थिए । यसैबीच, बमले आफूले जलाएको तस्वीरहरु समाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्ः प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिइएको छु । मूर्ती चोर हुम्लाका लामालाई म...
यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम
फागुन २९ राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ७ देखि हुने परीक्षामा पाँच लाख आठ हजार तीन सय नब्बे विद्यार्थीले परीक्षा दिने जानकारी दिंदै सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जनाएको छ । यस वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३३ हजार र ग्रेड वृद्धितर्फ ७५ हजार २४५ परिक्षार्थी सहभागी हुने भएका छन् । यसका लागि २७९ वटा परीक्षा केन्द्र तय भएको जनाइएकोे छ । यसका साथै यो बर्षदेखि सुधार गृहबाटै परीक्षा लिइने व्यवस्था पनि मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । चैत १९ सम्म परीक्षा सञ्चालन हुनेछ ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज