पदबाट बर्खात भएपछि सर्वोच्च पुगे कुलमान

चैत १४
आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट पेस गरेका छन्।

बुधबार ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। ‘कार्यालय समय सकिने बेलामा उहाँको रिट आइपुगेको छ,’ उनले भने, ‘हेर्न भ्याइएको छैन। बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढ्छ।’ उनले अधिवक्ता लोकमणि पोखरेलमार्फत सर्वोच्चमा रिट दिएका हुन्।

घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, ऊर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाएर रिट पेस गरेका छन्। उनले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशसमेत माग गरेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारले घिसिङलाई हटाएर हिदेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। शाक्यले जिम्मेवारी सम्हालिसकेका छन्।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज