सांसदकै अगाडि पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाइयो

चैत ०२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन ९राप्रयुसं०ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ । शनिबार मकवानपुरमा आयोजित जिल्ला अधिवेशनमा राप्रयुसंका निराजन बमले कार्यक्रम मञ्चमै पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् । कार्यक्रममा मकवानपुर क्षेत्र नं.१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह लगायत अन्य नेताहरू उपस्थित थिए ।

यसैबीच, बमले आफूले जलाएको तस्वीरहरु समाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्ः प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिइएको छु । मूर्ती चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनु भयो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज