by Bihani Post
चैत ०५
तनहुँमा च्याउ खाँदा बिरामी परेका १० मध्ये एक को मृत्यु भएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारको क्रममा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । अरु नौ जनाको अवस्था भने सामान्य छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।