कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

चैत १३
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थीत प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई पुनः नियुक्त गर्न माग राख्दै नारावाजी गरेका थिए ।

प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज