Breaking News 2

युवतीलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

युवतीलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २३, युवतीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा वडा नं.१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्कीले पाल्पाकै २३ वर्षीय नाम परिवर्तित ०८०/०८१  ४७ (ट)  युवतीलाई २०८० पुस २० गते शुक्रबार अपराह्न जबर्जस्ती करणी गरेका थिए।  युवतीको आमाले पुस २२ गते दिएको जाहेरी दिएकी थिइन्। उनलाई तानसेन नगरपालिका वडा नं.४ लहरेपिपलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आरोपित करिब डेढ वर्षपछि आइतबार पक्राउ परेका हुन्।...
छोरा द्धारा बुबाको हत्या

छोरा द्धारा बुबाको हत्या

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, लुम्बिनी, समाचार
असार २३, टिभी हेर्न नदिएको भन्दै बाँके जिल्लामा छोराले बुबाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिकामा ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको हत्या गरेका हुन् । बुबाले टिभी हेर्न नदिएको भन्दै भविलालले धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेका हुन् । बुबाको हत्या गरेर भविलाल फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । उनी लागूऔषध सेवनकर्ता रहेका बताइएको छ ।...
श्रीनगर पर्यटन व्यवस्थापन समितिको संयुक्त बैठक सम्पन्न

श्रीनगर पर्यटन व्यवस्थापन समितिको संयुक्त बैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २२, जयराम सापकोटा । श्रीएकीकृत श्रीनगर पर्यापर्यटन सामुदायिक वन उपभोक्ता समूह र तानसेन नगरपालिकाको समन्वयमा गठित श्रीनगर पर्यटन व्यवस्थापन समितिको संयुक्त बैठक तानसेनको श्रीनगरमा सम्पन्न भएको छ। बैठक समिति संयोजक सागरमान वज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले श्रीनगर क्षेत्रको पर्यटन व्यवस्थापनलाई व्यवस्थित गर्न दीर्घकालीन कार्ययोजना निर्माण गर्ने, बहुवर्षीय परियोजनाका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन तयार गर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र आगामी योजनाहरुलाई संयुक्तरूपमा अघि बढाउने निर्णयहरू पारित गरेको छ। श्रीनगर पर्यापर्यटन व्यवस्थापन समितिका संयोजक सागरमान वज्राचार्यको अध्यक्षतामा सम्पन्न वैठकले श्रीनगरलाई कसरि व्यवस्थित गर्ने भन्ने वारे कार्ययोजना तयार गर्ने र वहुवर्षिय परियोजनाका लागी आई ई ए तयार गर्ने, आवस्यक कर्मचारी राख्ने र संयुक्त रुपमा भावि योजन...
युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने

युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार २२, अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै युट्युबले पैसा दिने भएको छ । आफूहरू सधैँ मौलिक र प्रामाणिक सामग्रीको खोजीमा रहेको भन्दै अब दोहोरिएका र थोकमा बनाइएका सामग्रीहरूलाई कडाइका साथ समीक्षा गर्ने युट्युबले जनाएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार एकै पटक धेरै क्यामेराले खिचेका, बारम्बार एउटै शैली दोहोर्‍याइएका, फोटोमात्रै राखेर बनाएका, एआईको प्रयोगबाट आवाज तथा भिडियो सिर्जना गरेका सामग्रीहरू मोनिटाइज हुने छैनन् । त्यस्ता भिडियोहरू युट्युबमा राख्न पाइने छ तर जतिसुकै पटक हेरे पनि आम्दानी भने हुने छैन । युट्युबमा दिनहुँ अपलोड हुने करोडौं भिडिओमध्ये धेरैजसो दोहोरिएका, सामान्य खालका र प्रविधिको प्रयोगबाट परिवर्तन गरिएका हुन थालेपछि गुणस्तर बढाउन र विज्ञापन दाताको विश्वास कायम राख्न नयाँ नियम ल...
गायक रुपेश कार्कीको “है माया” गित सार्वजनिक

गायक रुपेश कार्कीको “है माया” गित सार्वजनिक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
असार २०, जयराम सापकोटा । गायक रुपेश कार्कीको "है माया" गित सार्वजनिक भएको छ । पाल्पाकै सुन्दर नगरि तानसेनमा लोक संस्कृतिमा आधारित "है माया" वोलको टिपिकल झ्याउरे गित बिहिबार एक समारोहविच लोकार्पण भएको हो। राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पाका प्रथम उपाध्यक्ष युवा कलाकार रुपेश कार्कीको रचना तथा उहाँकै शव्द संगितमा तयार लोकगितमा स्वर गुन्जना मगर र यशोदा कार्कीको साथ छ । तानसेनका विभिन्न ठाउमा छायाँङकन गरिएको "है माया" गितमा निर्देशन सुमन थापाले गरेका छन् भने छायाँङकनमा करन चैसरले साथ दिएका छन् । यसै गरि गितको व्याग साइडमा साहराकला केन्द्र, राजमन्जुश्री कला केन्द्र र छमछम कलाकेन्द्रका भाइबहिनीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका छन । लोक संस्कृतिमा निर्मित झ्याउरे गित असार १९ गते विहिवार दिउसो ४:३० वजे लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री खेम सारुको प्रमुख आतिथ्यता ए...
दुई युवतीले गरे विवाह

दुई युवतीले गरे विवाह

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
असार १८, अर्घाखाँचीमा दुई युवतीले बिवाह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी २३ वर्षीया र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी २० वर्षीया युवतीले एकापसमा विवाह गरेका हुन् । वडा कार्यालयले उनीहरूको समलिंगी विवाह दर्ता समेत गरेको छ । विवाह दर्तामा अर्घाखाँचीकी युवतीलाई ‘दुलहा’ र कपिलवस्तुकी युवतीलाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।...
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार १७, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । त्यस्तै हवाइ इन्धनको भाउ पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।...
आज यि प्रदेशमा मुसलधारे पानी पर्ने सम्भावना

आज यि प्रदेशमा मुसलधारे पानी पर्ने सम्भावना

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार १७, हिजो देशभर सामान्य वर्षा भयो । कैलाली, कञ्चनपुर लगायतका केही ठाउँमा पानी परे पनि राति ठूलो वर्षा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । पानीका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
एसईई परीक्षामा पाल्पाबाट ६ जनाले ४ जीपीए ल्याए

एसईई परीक्षामा पाल्पाबाट ६ जनाले ४ जीपीए ल्याए

Breaking News 2, शिक्षा
असार १५ पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीमध्ये ६ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । पाल्पाबाट कुल ३ हजार ७ सय २० जना सहभागी भएकोमा दुई छात्रा र दुई छात्रले ४ जीपीए ल्याएका हुन् । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट एक जना र न्यू होराईजन सेकेण्डरी स्कुल तानसेनबाट तीन जनाले चार जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।...
ठूलो पानी पर्न सक्ने सम्भावना

ठूलो पानी पर्न सक्ने सम्भावना

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार १५ देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । प्राधिकरणले निकालेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एकदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज