ठूलो पानी पर्न सक्ने सम्भावना

असार १५
देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । प्राधिकरणले निकालेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एकदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज