असार १५
पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीमध्ये ६ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । पाल्पाबाट कुल ३ हजार ७ सय २० जना सहभागी भएकोमा दुई छात्रा र दुई छात्रले ४ जीपीए ल्याएका हुन् ।
रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट एक जना र न्यू होराईजन सेकेण्डरी स्कुल तानसेनबाट तीन जनाले चार जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।