युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने

असार २२,
अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै युट्युबले पैसा दिने भएको छ । आफूहरू सधैँ मौलिक र प्रामाणिक सामग्रीको खोजीमा रहेको भन्दै अब दोहोरिएका र थोकमा बनाइएका सामग्रीहरूलाई कडाइका साथ समीक्षा गर्ने युट्युबले जनाएको छ ।

यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार एकै पटक धेरै क्यामेराले खिचेका, बारम्बार एउटै शैली दोहोर्‍याइएका, फोटोमात्रै राखेर बनाएका, एआईको प्रयोगबाट आवाज तथा भिडियो सिर्जना गरेका सामग्रीहरू मोनिटाइज हुने छैनन् । त्यस्ता भिडियोहरू युट्युबमा राख्न पाइने छ तर जतिसुकै पटक हेरे पनि आम्दानी भने हुने छैन ।

युट्युबमा दिनहुँ अपलोड हुने करोडौं भिडिओमध्ये धेरैजसो दोहोरिएका, सामान्य खालका र प्रविधिको प्रयोगबाट परिवर्तन गरिएका हुन थालेपछि गुणस्तर बढाउन र विज्ञापन दाताको विश्वास कायम राख्न नयाँ नियम ल्याएको युट्युबले जनाएको छ । यो नियमबाट मौलिक र नयाँ खालका भिडियो आउने युट्युबको विश्वास छ ।

नयाँ नियमले एकै ठाउँमा धेरै युट्युबर भेला भएर भिडियो खिच्ने, उस्तै स्क्रिप्टमा धेरै भिडियो बनाउने, पुराना भिडियो जोडेर नयाँ बनाउने तथा कम मेहनतमा बनाएका भिडियो राख्ने युट्युबरहरू प्रभावित हुनेछन् । नेपालमा पनि युट्युबरहरूले धेरै जना जम्मा भएर एक जनासँग कुराकानी गर्ने, एकै जनाले उस्तै खालका भिडियो बनाएर धेरै वटा च्यानलमार्फत अपलोड गर्ने चलन छ । यो नियमले कुनै कार्यक्रममा लाग्ने युट्युबरहरूको भीड घटाउने अपेक्षा छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज