छोरा द्धारा बुबाको हत्या

असार २३,
टिभी हेर्न नदिएको भन्दै बाँके जिल्लामा छोराले बुबाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिकामा ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको हत्या गरेका हुन् । बुबाले टिभी हेर्न नदिएको भन्दै भविलालले धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेका हुन् ।

बुबाको हत्या गरेर भविलाल फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । उनी लागूऔषध सेवनकर्ता रहेका बताइएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज