सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न
असार ३,
धातानन्द शर्मा गैरे ।
तानसेन नगर प्रज्ञा प्रतिष्ठानले एक समारोहको आयोजना गरी वरिष्ठ समाजसेवी, तानसेनकी चर्चित ढाका उद्यमी पूर्णमाया महर्जनलाई दीर्घसेवा सम्मान तथा चर्चित उपन्यास ‘सावर्णि’का लेखक डा.श्रीधर खनाललाई उत्कृष्ट कृति पुरस्कारले सम्मान गरेको छ । दुवै व्यक्तित्त्वलाई माला, पदक, दोसल्ला, उपहार र नगद जनही रु ६८ हजार अर्पण गरी सम्मान गरिएको हो ।समारोहमा डा.शंकरप्रसाद गैरेले सम्मानित व्यक्तित्त्व पूर्णमाया महर्जनको व्यक्तित्त्व र योगदानको परिचय प्रस्तुत गर्दै २०१५ सालमा उहाँको परिवारले स्थापना गरेको ढाका उद्योगले पाल्पाको पहिचानलाई देशविदेश पु¥याउन सहयोग पुगेको, धेरैलाई रोजगारी प्रदान गरेको भन्दै उहाँको विशिष्ठ समाजसेवाबारे चर्चा गर्नुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख डा.टंकप्रसाद पंथले अर्का सम्मानित व्यक्तित्त्व डा.श्रीधर खनालको परिचय प्रस्तुत गर्ने क्रममा उहाँ चि...







