१४ वर्षपछि पक्राउ

जेठ २७,
१४ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त सन्त बहादुर सार्की पक्राउ परेका छन्। पाल्पा जिल्लाको साबिक चिदिपानी गाविस–७ (हाल माथागढी गाउँपालिका–१) दमर निवासी ५७ वर्षीय सार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो। सार्कीले २०६८ साल कात्तिक ११ गते राति सोही स्थानका १८ वर्षीय नरवीर नेपालीको हत्या गरी फरार भएका थिए। उनी त्यस यता भारतमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो। प्रहरीका अनुसार उनी यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लका अनुसार सार्कीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९ अनुसार ६ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज