असार १,
देशका विभिन्न ठाउँमा हल्कादेखि ठूलो वर्षा भइरहेको छ । देशका अधिकांम्स ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भने कतै–कतै ठूलो पानी परेको छ ।
आज कोशीका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
मनसुन सक्रिय भएको र पानी पर्नेक्रम शुरु भएसँगै बाढी र पहिरोको जोखिम पनि बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।