by Bihani Post
असोज २४, सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैंयाँले घटेको छ । बिहीबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै चाँदीको भने बिहीबार प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।