लुम्बिनी

तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
भाद्र ८, जयराम सापकोटा । तानसेन नगरपालिका–१ वर्याङदीस्थित श्री शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा तीज विशेष कार्यक्रम अन्तर्गत भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव ज्योजिलाल वस्यालको सभापतित्वमा र संघीय सांसद वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको आकर्षक प्रस्तुति रहेको थियो । पाल्पाली युवा कलाकार कमल भट्टराई, रुपेश कार्की, यशोदा कार्की, रामकृष्ण थापा लगायतले प्रस्तुति दिएका थिए भने राष्ट्रिय स्तरका चर्चित हास्यव्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्षे बा) को अभिनयले दर्शकमाझ विशेष रौनक थपेको थियो ।कार्यक्रमलाई ज्ञानेन्द्र अटो वर्कस तानसेन, एसियन थाइफुड लिमिटेड, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी लिमिटेड, पाल्पा हिल रिसोर्ट र मोबाइल घरले प्रायोजन गरेका थिए । सांस्कृतिक कार्यक्रम स्वस्थीका वस्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, सुदूरपश्चिम
भदौ ७, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराई भू-भाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुदाँ आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
करेन्ट लाग्दा किशोरीको मृत्यु

करेन्ट लाग्दा किशोरीको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
भदौ ०४, बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा करेन्ट लाग्दा १९ वर्षीया कृष्णकुमारी चन्दको ज्यान गएको छ। घरमा मोबाइल चार्ज गर्ने क्रममा नजिकै रहेको नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको हो। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
भदौ ०४, मौसम पूर्वानुमान महाशाखाअनुसार आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भू-भागका थोरै स्थान र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै आज राती कोसी प्रदेश र गण्डकी प्रदेशकाका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। मौसम महाशाखााका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी नै छ।...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
साउन ३१, आज भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व। सनातन धर्मावलम्बीले आज भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। आफूले गरेको कर्मअनुसार नै फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ।​ कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्ल...
आज पनि देशका धेरै स्थानमा वर्षा हुने

आज पनि देशका धेरै स्थानमा वर्षा हुने

Breaking News 1, लुम्बिनी, समाचार
साउन २९, देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। पछिल्लो ६ घण्टामा डोटी, बाजुरा, अछाम र भोजपुरमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराई आसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्।...
मनसुन सक्रिय भएको हुदाँ देशभर भारी वर्षा

मनसुन सक्रिय भएको हुदाँ देशभर भारी वर्षा

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २८, मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले अहिले देशभर भारी वर्षा भइरहेको छ । आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी, कर्णाली, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सर्तकता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।  ...
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा सम्पन्न

नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा सम्पन्न

ट्रेन्डिङ, लुम्बिनी, समाचार, स्वास्थ्य
साउन २७, जयराम सापकोटा । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७औं साधारणसभा तथा १०औं अधिवेशन पाल्पामा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख आतिथ्य संस्थाकी केन्द्रीय उपाध्यक्ष शोभा शाक्यले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदी, खानेपानी उपभोक्ता समिति अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नेत्रज्योति संघ अध्यक्ष बुद्धि प्रसाद शर्मा, उद्योग वाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराई, आजीवन सदस्य रमा पन्थी लगायतले शुभकामना मन्तव्य राख्दै अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए। अधिवेशनमा संस्थाका सचिव झपेन्द्र गैरेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरोजलाल शाक्यले अडिट प्रतिवेदनसहित रु.२४ लाख ६४ हजार २५ रुपैयाँ ४६ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमले विधान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ...
मौलिक तीजगीतसहित दर खाने कार्यक्रम सम्पन्न

मौलिक तीजगीतसहित दर खाने कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन २७, जयराम सापकोटा । श्रीदुर्गा भवानी टोल विकाश संस्था तानसेन १ भुसलडाँडाले आउदै गरेको हरितालिका तिजको अवसरमा मौलिकतामा आधारित आफैले रचेका तिजगित गाएर दरखाने कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष संस्थागत रुपमा दरखाने कार्यक्रम मनाउदै आएको संस्थाले यसवर्ष पनि भुसलडाँडा क्षेत्र भित्रका सवै महिलाहरुलाई समेटेर आफ्नो मौलिक परम्परा जोगाउनका लागी कार्यक्रमको आयोजना गरेको संस्थाकी अध्यक्ष चित्रकला न्यौपानेले वताउनुभयो । त्यस्तै एैलेको अवस्थामा होलट र रिसोटमा गएर म्युजिक डान्स गर्ने उत्ताउलो प्रविधीलाई रोक्न र कम खर्चले पनि आफ्नै ठाउमा रमाइलो गर्न सकिदो रहेछ भन्ने जनचेतना होस भनेर उजागर गर्न पनि संस्था भित्रका सवै महिला पुरुष मिलि मौलिकतामा आधारित तिज गित कार्यक्रम गरेको संस्थाका जेष्ठ सदस्य देविदत्त शर्माले वताउनु भयो । करिव ४० जना भन्दा वढिको सहभागिता रहेको कार्यक्रम तानसेन १ दुर्गा ...
मनसुनको न्यूनचापीय रेखा तराई नजिक

मनसुनको न्यूनचापीय रेखा तराई नजिक

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २७, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालको तराईनजिक भएसँगै मौसम बदली र वर्षा हुने क्रम फेरि बढेको छ। आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशलगायत कोसी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भु-भागमा मध्यम देखी भारी वर्षाको सम्भावना रहेको हुदाँ आवश्यक सर्तकता अपनाउनुुहुन महाशाखाले अनुरोध गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज