लुम्बिनी

स्ववियुद्वारा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

स्ववियुद्वारा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
पुस १०, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा स्ववियुको आयोजनामा विभिन्न सङ्कायका प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। कार्यक्रम स्ववियु अध्यक्ष मिलन घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले विद्यार्थीहरूलाई स्वागत गर्दै अनुशासित भई अध्ययनमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिहरू तथा क्याम्पसका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो। उत्प्रेरणामूलक वक्ता रमेश अर्यालले जीवन सफलताका सूत्रहरू प्रस्तुत गर्नुभयो। विद्यार्थीहरूलाई टीका, पुष्पगुच्छा र उपहार प्रदान गर्दै शब्द, सिर्जना, सङ्गीत तथा नृत्यमार्फत स्वागत गरिएको थियो।    ...
जातीय समता समाज बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार  

जातीय समता समाज बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार  

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बागलुङ, पुस ७ - जातीय समता समाज जिल्ला समिति बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार चयन भएका छन्। काठेखोला गाउँपालिका–४ तंग्राममा सम्पन्न छैठौँ जिल्ला भेलाले १५ सदस्यीय ११ पूर्ण, ४ वैकल्पिक० जिल्ला समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा रनबहादुर वि.क. सचिवमा टिका संगम वि.क., कोषाध्यक्षमा शेरबहादुर वि.क.र सहसचिवमा विष्णुकली दर्जी चयन भएका छन्। भेलापछि ५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। भेलामा २५० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्माले जातीय विभेद अन्त्यका लागि दलित समुदायको एकताबद्ध र सशक्त आन्दोलन आवश्यक रहेको बताए।...
रवि लामिछाने रिहा

रवि लामिछाने रिहा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
पुस ४, जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई जमानतमा रिहा गरेको छ। उनलाई ३ करोड ७४ लाख ८४ हजारको बैंक जमानत बुझाएर छुटाइएको हो। रवि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाने तयारीमा थिए, तर गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान रोकियो। त्यसपछि उनी भरतपुर हुँदै रुपन्देही पुगे। उच्च अदालत बुटवलको न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलले सुप्रिम सहकारी ठगी मुद्दामा उनलाई थुनामुक्त गर्ने आदेश दिएका थिए। रविको पक्षमा उनका समर्थकहरूले देशभर प्रदर्शन समेत गरेका छन्।...
एमालेको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने

एमालेको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
मंसिर १८, नेकपा एमालेको आगामी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । यसअघि चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिनकै प्रयोग भएको थियो । विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि टेन्डर आह्वान भइसकेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । महाधिवेशनबाट १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन हुनेछ ।...
गलकोट नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

गलकोट नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
मंसिर १५ , गलकोट नगरपालिका बागलुङ को चालु आर्थिक वर्ष २०८२र८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ । नगरपालिका र वडा नं. ४ को संयुक्त आयोजनामा तथा सामुदायिक रेडियो गलकोटको सहजिकरणमा भएको कार्यक्रममा १२ जना सहभागिहरूले सेवा शुल्क, भैँसी पकेटमा विभेद, मध्यपहाडी लोकमार्गमा फालिएको माटो, किवी-ओखरको बजार अभाव, विद्यालयमा विद्यार्थी कमी, कर संकलन, सुशासन, रोजगारी सिर्जना लगायत विषयमा प्रश्न–सुझाव राखे। नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे सहित सम्बन्धित अधिकृतहरूले उठेका प्रश्नहरूको जवाफ दिए। प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर खत्रीले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रम वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता तथा सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख शर्मिला रोका मगरको सञ्चालनमा भएको थियो ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
कार्तिक ४, आज सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रभाव नरहेको जनाएको छ ।    
फेदी युवा क्लबद्वारा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

फेदी युवा क्लबद्वारा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

Breaking News 2, लुम्बिनी, समाचार
कार्तिक ३, पाल्पा माथागढी गाउँपालिका–१ चिदीपानीस्थित फेदी युवा क्लबको आयोजनामा एकदिने मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता बिष्णु बहादुर सारुले गर्नुभयो भने प्रमुख अतिथि रूपमा माथागढी गाउँपालिका–१ का वडा अध्यक्ष राजकुमार पन्थी उपस्थित रहनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि पन्थीले खेलकुद क्षेत्रले युवामा अनुशासन, एकता र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्दै शारीरिक तन्दुरुस्तीका साथै सामाजिक समरसता मजबुत बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले खेलकुद, भौतिक संरचना र मानव संसाधनको सन्तुलित विकासका लागि वडा कार्यालय सदैव जनताको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। प्रतियोगितामा रमैडाँडा युवा क्लब प्रथम, आयोजक फेदी युवा क्लब द्वितीय तथा खहरे युवा क्लब ( माथागढी–२ र ३) तृतीय स्थानमा रहेका छन्। विजेता टोलीहरूलाई क्रमशः प्रथमलाई र...
बाहाखोक–अर्पिडाडा खानेपानी समूहको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

बाहाखोक–अर्पिडाडा खानेपानी समूहको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
कार्तिक १, पाल्पा । माथागढी गाउँपालिका–१ चिदीपानीस्थित बाहाखोक–अर्पिडाडा दोहोरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष खेमान सिंह थापा (सारु) को अध्यक्षतामा सम्पन्न सो सभामा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत चालु आर्थिक वर्ष २०८२ र ०८३ भित्र चिदीपानी क्षेत्रका करिब ९०प्रतिशत घरधुरीमा सुरक्षित खानेपानी पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले खानेपानीसँगै शिक्षा, स्वास्थ्य, मोटरबाटो, सिंचाइ, कृषि र पशुपालनलाई समेत उच्च प्राथमिकतामा राखी विकासका कार्यहरू अघि बढाइरहेको जानकारी दिनुभयो। “हामी जनताको मुहारमा खुशी ल्याउन चुनीएका जनप्रतिनिधि हौं। राम्रो गर्ने प्रयास सधैं रहन्छ, तर गलत कहिल्यै गर्दैनौं,” उहाँको भनाइ थ...
श्रीनगर डबलीमा पहिलोपटक मौलिक देउसी भैलो कार्यक्रम, नारायण रायमाझीको विशेष प्रस्तुति

श्रीनगर डबलीमा पहिलोपटक मौलिक देउसी भैलो कार्यक्रम, नारायण रायमाझीको विशेष प्रस्तुति

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असोज ३१, पाल्पा । तानसेन नगरपालिका-५, कैलाशनगरस्थित श्रीनगर डबलीमा कार्तिक १ गते मौलिक देउसी भैलो कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान, पाल्पा शाखाको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा लोकप्रिय लोकगायक नारायण रायमाझी सहित ख्याती प्राप्त कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। पत्रकार सम्मेलनमार्फत आयोजकले यो कार्यक्रमलाई पाल्पा जिल्लामै पहिलोपटक हुने विशेष सांस्कृतिक प्रस्तुतिको रूपमा परिचय गराएका छन्। स्थानीय संस्कृति र मौलिक परम्पराको जगेर्नाका लागि यो कार्यक्रम एक महत्वपूर्ण हुने विश्वास गरिएको छ। श्रीनगर डबलीको ऐतिहासिक र सांस्कृतिक परिवेशमा देउसी भैलोको यो नयाँ स्वरूपले पाल्पाली संस्कृति र लोकसंगीतलाई अझ उजागर गर्ने अपेक्षा गरिएको छ।...
भलिबल प्रतियोगिता सम्पन्न, बिरकोट युवा क्लब प्रथम

भलिबल प्रतियोगिता सम्पन्न, बिरकोट युवा क्लब प्रथम

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
पाल्पा, असोज ३० माथागढी गाउँपालिका–१, चिदीपानीस्थित अर्पिडा युवा क्लबको आयोजनामा सम्पन्न मैत्रीपूर्ण भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको उक्त प्रतियोगितामा ३६ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा बिरकोट युवा क्लब प्रथम स्थान हासिल गर्दै विजेता बनेको छ भने आयोजक अर्पिडा युवा क्लब दोस्रो र मैडाडा युवा क्लब तेस्रो स्थानमा रहेका छन्। समापन समारोहका प्रमुख अतिथि तथा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थीले विजेता टोलिहरूलाई नगद पुरस्कार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको थियो। उहाँले यस्ता कार्यक्रमहरू युवाहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य सुधार, स्थानिय पहिचान र आपसी सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताउनु भयो। साथै, उहाँले युवाहरूको भावना तथा समुदायको आवश्यकता अनुसार जिम्मेवार पूर्वक काम गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो। कार्यक्र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज