पाल्पा, असोज ३०
माथागढी गाउँपालिका–१, चिदीपानीस्थित अर्पिडा युवा क्लबको आयोजनामा सम्पन्न मैत्रीपूर्ण भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको उक्त प्रतियोगितामा ३६ वटा टोलीको सहभागिता रहेको थियो।
प्रतियोगितामा बिरकोट युवा क्लब प्रथम स्थान हासिल गर्दै विजेता बनेको छ भने आयोजक अर्पिडा युवा क्लब दोस्रो र मैडाडा युवा क्लब तेस्रो स्थानमा रहेका छन्।
समापन समारोहका प्रमुख अतिथि तथा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थीले विजेता टोलिहरूलाई नगद पुरस्कार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको थियो। उहाँले यस्ता कार्यक्रमहरू युवाहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य सुधार, स्थानिय पहिचान र आपसी सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताउनु भयो। साथै, उहाँले युवाहरूको भावना तथा समुदायको आवश्यकता अनुसार जिम्मेवार पूर्वक काम गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो।
कार्यक्रममा वडा सदस्य लिला कुमारी बिक, युवा समाजसेवी शेर ब. बिक, कमल गाहा, बिष्णु सारु, बालकृष्ण राउत, तारा बहादुर बिक, लगायतको विशेष उपस्थिति रहेको थियो।