श्रीनगर डबलीमा पहिलोपटक मौलिक देउसी भैलो कार्यक्रम, नारायण रायमाझीको विशेष प्रस्तुति

असोज ३१, पाल्पा ।
तानसेन नगरपालिका-५, कैलाशनगरस्थित श्रीनगर डबलीमा कार्तिक १ गते मौलिक देउसी भैलो कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्।

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान, पाल्पा शाखाको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा लोकप्रिय लोकगायक नारायण रायमाझी सहित ख्याती प्राप्त कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिनेछन्।

पत्रकार सम्मेलनमार्फत आयोजकले यो कार्यक्रमलाई पाल्पा जिल्लामै पहिलोपटक हुने विशेष सांस्कृतिक प्रस्तुतिको रूपमा परिचय गराएका छन्। स्थानीय संस्कृति र मौलिक परम्पराको जगेर्नाका लागि यो कार्यक्रम एक महत्वपूर्ण हुने विश्वास गरिएको छ।

श्रीनगर डबलीको ऐतिहासिक र सांस्कृतिक परिवेशमा देउसी भैलोको यो नयाँ स्वरूपले पाल्पाली संस्कृति र लोकसंगीतलाई अझ उजागर गर्ने अपेक्षा गरिएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज