by Bihani Post
कार्तिक ४, आज सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रभाव नरहेको जनाएको छ ।