बागलुङ, पुस ७ –
जातीय समता समाज जिल्ला समिति बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार चयन भएका छन्। काठेखोला गाउँपालिका–४ तंग्राममा सम्पन्न छैठौँ जिल्ला भेलाले १५ सदस्यीय ११ पूर्ण, ४ वैकल्पिक० जिल्ला समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा रनबहादुर वि.क. सचिवमा टिका संगम वि.क., कोषाध्यक्षमा शेरबहादुर वि.क.र सहसचिवमा विष्णुकली दर्जी चयन भएका छन्। भेलापछि ५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ।
भेलामा २५० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्माले जातीय विभेद अन्त्यका लागि दलित समुदायको एकताबद्ध र सशक्त आन्दोलन आवश्यक रहेको बताए।