लुम्बिनी

मगर संस्कृतिको जगेर्ना मेरो प्राथमिकताः उम्मेदवार गैरे

मगर संस्कृतिको जगेर्ना मेरो प्राथमिकताः उम्मेदवार गैरे

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, राजनीति, लुम्बिनी, समाचार
फागुन १६, पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा एमालेका नेता ठाकुर प्रसाद गैरेले नेपालको पहिचान र समृद्धिमा मगर समुदायको योगदान अतुलनीय रहेको बताउनुभएको छ । ४४ औं मगर एकता दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले मगर समुदायको भाषा, साहित्य, कला र संस्कृति सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने सम्पदा भएको उल्लेख गर्नुभयो । ४४ औं मगर एकता दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै उम्मेदवार गैरेले मगर समुदायलाई शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले मगर समुदायको भाषा, साहित्य, कला र संस्कृति सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो । समुन्नत नेपाल निर्माणमा मगर समुदायको ऐतिहासिक र अतुलनीय योगदान रहेको उल्लेख गर्दै गैरेले उनीहरूको जायज माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “भाषा, धर्म र जातीय सद्भाव कायम राख्दै...
पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी को जित सुनिश्चित भएको दाबी, चुनावी गतिविधि तीव्र

पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी को जित सुनिश्चित भएको दाबी, चुनावी गतिविधि तीव्र

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १६, पाल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पाल्पा जिल्लामा चुनावी माहोल तातिँदै गएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले जिल्लामा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । पार्टीका जिल्ला सभापति विष्णु भण्डारीले चुनावी वातावरण र मतदाताबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले पार्टीको पक्षमा स्पष्ट माहोल बनेको बताउनुभयो । भण्डारीका अनुसार पछिल्लो समय पाल्पाका विभिन्न गाउँ तथा बस्तीमा पुगेको रास्वापाले व्यापक जनसमर्थन पाएको छ । हामीले पाएको साथ र समर्थन अत्यन्त उत्साहजनक छ । परिवर्तनको चाहना राख्ने मतदाताको पहिलो रोजाइ (रास्वापा) बनेको छ । उहाँले भन्नुभयो । रास्वापाले चुनावी अभियानलाई तिव्ररुपमा अगाडि बढाएको छ । उम्मेदवार र कार्यकर्ताहरू गाउँ-गाउँमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् । हिजो बगनासकाली गाउँपालिका अन्तर्गत ब...
जीर्ण सडकको स्तरोन्नतीमा ध्यान दिने डा. थापाको प्रतिबद्धता

जीर्ण सडकको स्तरोन्नतीमा ध्यान दिने डा. थापाको प्रतिबद्धता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, विचार, समाचार
फागुन १६, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेदवार डा. माधव थापाले लामो समयदेखि जीर्ण अवस्थामा रहेका बगनासकाली भित्रका सडकहरुको स्तरोन्नतीमा आफुले बिशेष ध्यान दिने बताउनुभएको छ । शुक्रवार बगनासकाली गाउँपालिकाभित्रका बिभिन्न वडाहरुमा भेला तथा घरदैलो अभियानका क्रममा डा. थापाले तानसेन, चिलाङ्दी, राम्दी सडक सहित चिलाङ्दी, राम्दी, चिलाङ्दी कोलडाँडा सडकहरुको स्तरोन्नतीमा बिशेष दिने बताउनुभयो । गोर्खेकोट चिलाङ्दी, चिलाङ्दी चापपानी राम्दी सडक बर्षौदेखि जीर्ण अवस्थामा छ । यो बाटो अहिलेसम्म नेताहरुको भाषणमा मात्रै सीमित बनेको छ । ग्रामीण सडकहरु बझादी, तल्लो कोलडाँडा, माथिल्लो कोलडाँडा लगायतका स्थानमा बर्षात्को समयमा गाडी चल्न सक्दैनन् । त्यसैले पनि स्थानीयले उम्मेदवार थापासँग बाटोको स्तरोन्नतीको माग गरेका हुन् । उम्मेदवार डा. थापाले भन्नुभयो–“तपाईको अमुल्य मतको सदैब सम्मान...
सुशासन, आधुनिक कृषि र पर्यटन नै समृद्धिको आधारः उम्मेदवार आचार्य

सुशासन, आधुनिक कृषि र पर्यटन नै समृद्धिको आधारः उम्मेदवार आचार्य

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १६, नेकपा (एमाले)का तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले सुशासन, कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ । उहाँले आफ्ना एजेन्डा पूरा गर्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू र आफ्नो पार्टी नेकपा एमालेले जित्नुपर्ने समेत बताउनुभएको छ । निर्वाचनको मिति नजिकिएसंग चुवानी प्रचार प्रसार अभियानलाई तीव्रता दिनुभएका आचार्यले मदनपोखार, रम्भा र रामपुरका क्षेत्रका मतदतासंग भेटघाटका क्रममा यस्तो बताउनुभएको हो । उम्मेदवार आचार्यले सार्वजनिक सेवालाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउँदै सुशासन कायम गर्ने बताउदै आगामी दिनमा निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्न ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत जनगुनासो सम्बोधन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त र जनउत्तरदायी ...
पाल्पाली जनता अनुभवी र विकासप्रेमी नेताको पक्षमा छन्, भारी मतले विजयी हुन्छु : पाण्डेय

पाल्पाली जनता अनुभवी र विकासप्रेमी नेताको पक्षमा छन्, भारी मतले विजयी हुन्छु : पाण्डेय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, विचार, समाचार
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं.२ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू भारी मतले विजयी हुने बताएका छन् । निर्वाचनको मिति नजिकिदै घरदैलोमा व्यस्त उम्मेद्वार गैरेले मतदाताले अनुभवी र विकासप्रेमी उम्मेदवारलाई जिताउने प्रतिबद्धताका कारण आफू भारी मतका साथ विजयी हुने दावी गरे। बिहीबार तानसेन र बगनासकालीका मतदाताको घरदैलोमा पुगेका उम्मेद्वार पाण्डेयले पाल्पाको विकास र समृद्धिको खाका कोर्न सुरुवात गरेको हुँदा अब आर्थिक समृद्धिका लागि मत दिएर आफूलाई निर्वाचित गराउन मतदाताहरु आतुर रहेको प्रतिक्रिया दिए । “मतदाताका लागि आधारभूत विकास योजनाहरु सुरु भएका छन्। ती सबै योजनाको शुनिश्चितता गरी अब आर्थिक समृद्धितर्फ लाग्न म प्रतिबद्ध छु ।” नेता पाण्डेयले भने । पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले युवालाई गाउँमै टिकाउन कृषि र उद्यमशीलता विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । ने...
रास्वपाको घरदैलो अभियान तीव्र, वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने मतदाताको धारणा

रास्वपाको घरदैलो अभियान तीव्र, वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने मतदाताको धारणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १५, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । हिजो तानसेन बजार क्षेत्र अन्तर्गत विशाल बजार, तेस्रो सडक, बडिज्ञान टोल, नारायणथान, मिभिसेन टोल हुँदै मिसन अस्पताल तानसेन सम्म घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । अभियानका क्रममा पार्टीका नेता कार्यकर्ताले घरघरमै पुगेर मतदातासँग भेटघाट गरेका थिए । स्थानीय बासिन्दाले विगतमा पुराना राजनीतिक दललाई मत दिए पनि जनताले चाहे अनुसार विकास, सुशासन र रोजगारीका अवसर प्राप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । अधिकांश नागरिकले तानसेन बजारको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको, स्वास्थ्य, शिक्षा तथा युवापलायन जस्ता समस्याबारे गुनासो पोखेका थिए । नेताहरू निर्वाचनपछि जनताबाट टाढा हुने प्रवृत्तिप्रति असन्तोष जनाउँदै अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा धेरैले व्यक्त गर...
रास्वापाको घरदैलो अभियान रिब्दीकोटमा उत्साहपूर्ण रूपमा सम्पन्न

रास्वापाको घरदैलो अभियान रिब्दीकोटमा उत्साहपूर्ण रूपमा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १२ पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को घरदैलो अभियान हिजो रिब्दीकोट गाउँपालिका का विभिन्न वडामा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरवस्थान, खस्यौली क्षेत्रमा डा. माधव थापा तथा कार्यकर्ताहरूले बस्ती, बस्तीमा पुगेर स्थानीय नागरिकसँग  भेटघाट तथा छलफल गरेका थिए । कार्यक्रमकामा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । नागरिकहरूको उत्साह र सक्रिय सहभागिताले माहोल थप उत्साहजनक बनेको थियो । रास्वापा जिल्ला सभापति विष्णु भण्डारीका अनुसार अधिकांश नागरिकले विगतका राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेको, आशा गरेअनुसार विकास निर्माण नभएको गुनासो पोखेका थिए । विशेषगरी युवा पुस्ताले रोजगारीको अभाव, वैदेशिक रोजगारीतर्फ बढ्दो निर्भरता तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या उठाएका थिए । अब विकल्पको खोजीमा रहेको र नयाँ शक्तिलाई समर्थन गर्न इच्छ...
डा.माधव थापाको घरदैलो अभियान तीव्र

डा.माधव थापाको घरदैलो अभियान तीव्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ११, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले घरदैलो अभियान तीव्र बनाउनु भएको छ । पालुङ्ग मैनादी, भैरवस्थान र पूर्वखोला दरपुक क्षेत्रमा हिजो सम्पन्न घरदैलो कार्यक्रममा उहाँले मतदातासँग भेटघाट गर्दै आफ्ना योजना तथा एजेन्डाबारे जानकारी गराउनु भएको हो । कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले सडक सुधार, खानेपानीको सहज उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने माग राखेका थिए । सो अवसरमा डा.थापाले यी सबै विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । यसैबीच, आज भैरवस्थान र खस्यौली क्षेत्रमा घरदैलो कार्यक्रम हुने पार्टी कार्यालयले जनाएको छ ।...
स्वास्थ्यकर्मी डा. थापा अब राजनीतिक यात्रामा

स्वास्थ्यकर्मी डा. थापा अब राजनीतिक यात्रामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १०, पाल्पा । पश्चिम पाल्पाको पहाडी भेगबाट सुरु भएको एउटा साधारण यात्रा आज हजारौँ मानिसको जीवनसँग जोडिएको नाम हो , डा माधव थापा । करिब दुई दशकदेखि निरन्तर होमियोप्याथिक चिकित्सकका रूपमा सेवा दिँदै आएका थापा केवल रोग निको पार्ने चिकित्सक मात्र होइनन् ,  हजारौँ बिरामीका लागि आशा , भरोसा र आत्मविश्वासका एक प्रतीक बनेका छन् । सीमित स्रोत , न्यून सुविधा र थुप्रै चुनौतीका बीच सुरु भएको उनको यात्राले आज समाजमा छुट्टै पहिचान स्थापित गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा न ७ बतासे मा जन्मिएका थापाले प्राथमिक शिक्षा आफ्नै गाउँबाट पूरा गरे । सानैदेखि समाजप्रति संवेदनशील स्वभाव भएका उनले स्वास्थ्य क्षेत्र रोज्दै होमियोप्याथिक चिकित्सा अध्ययन गरे । त्यसपछि उनले ॐ कालिका होमियोप्याथिक अस्पताल प्रालि स्थापना गरी सेवा सुरु गरे । सुरुवाती दिनहरूमा विभिन्न समस्या र आर्थिक चुनौती...
थापाको विजय यात्राको पक्षमा उत्साहजनक जनसमर्थन

थापाको विजय यात्राको पक्षमा उत्साहजनक जनसमर्थन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ९, पाल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । पाल्पाका विभिन्न गाउँ-गाउँ , टोल-टोलमा पुगेर उहाँले स्थानीय बासिन्दाका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्नुभएको छ । भेटघाट तथा छलफल कार्यक्रममा जनताले रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफ्ना धारणा राख्दै आएका छन् । अभियानका क्रममा रास्वपा प्रति जनताको उत्साहजनक सहभागिता देखिएको छ । पार्टी प्रवेश गर्ने नयाँ कार्यकर्ताहरूले विगतमा अपेक्षित उपलब्धि हासिल नभएको र जनताका आवश्यकता अनुसार काम हुन नसकेको कारण नयाँ विकल्प रोजेको बताएका छन् । आजको कार्यक्रम ढुङ्गाखानी, भैरवस्थान र वौघापोखराथोकमा हुने पार्टी कार्यालयले जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार थापाको विज...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज