Breaking News 2

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बजेट ४७ करोड ६५ लाख

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बजेट ४७ करोड ६५ लाख

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
असार १३, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले आन्तरिक स्रोत, संघीय सरकार, प्रदेश सरकार, साझेदारी कार्यक्रम र विभिन्न विकास साझेदार संस्थाहरूको सहकार्यबाट प्राप्त हुने स्रोतहरू समेटेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ बराबरको बजेट पारित गरिएको हो । बजेटसँगै प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार, खानेपानी, रोजगार र सामाजिक सुरक्षा लाई उच्च प्राथमिकतामा राखि खार्पुनाथलाई स्मार्ट गाउँपालिका बनाउने दीर्घकालीन लक्ष्य समेत अगाडि सारिएको छ । साथै महिला सशक्तिकरण, पर्यटन प्रवर्द्धन, जलवायु अनुकूल विकास, जैविक विविधता संरक्षण र वातावरणमैत्री पूर्वाधार र डिजिटल सेवा विस्तार जस्ता विषय विशेष प्राथमिकतामा आएका छन् ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, समाचार
असार १२, आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोसी प्रदेशको तराई भूभागका तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ११ जयराम सापकोटा । लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको, अन्तराष्ट्रिय दिवसको अवसरमा पाल्पा जिल्लामा सप्ताहव्यापी ” स्वाथ्य, शभ्य र सुरक्षित समाजको प्रतिवद्धता लागु ओँषध दुरुपयोग विरुद्धको एक्यवद्धता ” भन्ने नाराका साथ पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्यसमितिका सदस्य तथा पदाधिकारिहरु संगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तकृया कार्यक्रममा प्रहरी उपरिक्षक पवन कुमार भट्टाइले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुका पनि वर्दी विनाका प्रहरि भएको र लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार गर्ने व्यक्तिहरु पनि व्यवसायीक हिसावले नजिक हुने भएकोले दुवै तर्फको सहजिकरण गर्ने जिम्मेदारी पनि व्यवसायीहरुमा हुने भन्दै त्यसतर्फ ध्यानपुर्याउन अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रममा प्रमुख सेनानी भुपेन्द्र गुरुङ, सहायक प्रहरि नायक उपरिक्षक श्याम संगती महर्जन, राष्ट्रिय...
वद्रेश्वर शिवालयमन्दिर व्यवस्थापन समितिको वैठक सम्पन्न

वद्रेश्वर शिवालयमन्दिर व्यवस्थापन समितिको वैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जयराम सापकोटा असार ७, वद्रेश्वर शिवालय धाम मन्दिर व्यवस्थापन समितिको समिक्ष्या वैठक सम्पन्न भएको छ । तानसेन ३ स्थीत रहेको वद्रेश्वर शिवालय धाम मन्दिरमा जेठ १९ देखि जेष्ठ २५ गते सम्म चलेको वराहपुराण महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्ने उदेश्यले समितिको वैठक बसेको हो । वैठकमा विभिन्न उच्च पदस्थ व्यक्तिले सप्ताह अवधि भरमा भएका गतिविधि र कमि कमजोरी वारे आ आफ्नो धारणा राख्नुभएको थियो । जेष्ठ १९ देखि २५ गते सम्म चलेको महायज्ञमा करिव रु ४९८१८२ रुपिया नगद रकम उठेको र त्यसमा गुरु दक्षिणा, खाना व्यवस्थापन, वाजागाजा र साउन्डसिस्टम, प्रचार प्रसार तथा रेडियो, टेलिभिजन आदिमा गरि जम्मा खर्च रु ३९२३६६ र भएकोमा उपरोक्त आम्दानीवाट हाल सम्म भएको खर्च कटाउदा जम्मा रु १०६९२७ र वचत हुन गएको आर्थिक समिति संयोजक लक्ष्मण वस्यालले जानकारी दिनु भयो । मन्दिर व्यस्थापन समिति अध्यक्ष सरस्वती शर्माले वैठकलाई स...
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 2, लुम्बिनी, समाचार
असार ३, जयराम सापकोटा । पाल्पाको पूर्वखोला वीरकोट स्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप जिप सोमबार दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनि बगनासकाली गाउँपालिका -१ गाप्टुङ घर भई हाल बुटवल उप-महानगरपालिका -११ मझुवा बस्दै आएका ४६ वर्षीय बिनोद ढुङ्गाना र गल्याङ नगरपालिका ७ स्याङ्जा घर भई बुटवल ११ बस्दै आएका  ४५ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुनिल मल्लका अनुसार जिप चालक बुटवल उपमहानगरपालीका ११ का ३० बर्षीय राजु खड्का गम्भीर घाईते भएका छन । उनको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उ...
४० लाख लागतमा ४० जना युवालाई तालिम

४० लाख लागतमा ४० जना युवालाई तालिम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
जेठ २८, तानसेनमा ४० लाख लागतमा ४० जना युवालाई सिपमूलक तालिम सुरु भएको छ । दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तरगत ४० जना युवालाई कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन र विल्डिङ्ग इलेक्ट्रिसियन तालिम सुरू भएको हो। इन्स्योर परियोजनामार्फत तानसेन नगरपालिकाको ४० लाख लागतमा कार्यगत अभ्याससहित १० महिना तालिम संचालन गर्न जयन टेक्निकल कलेज अफ टेक्नोलोजी बुटवलले तालिमको संचालन गरेको छ। तालिमको सुभारम्भ गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले युवालाई सीप प्रदान गरेर स्वरोगजार बनाउन तालिमले टेवा पुग्ने बताउदै शैक्षिक बेरोजगारी बढेको समयमा युवालाई सीप प्रदान गरेर आयआर्जनसंग जोड्न नगरपालिकाले तालिमको आयोजना गरेको बताइन् । कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले शैद्धान्तिक भन्दा सीपमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए । जीवनउपयोगी शिक्षाबाट आयआ...
विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न

विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २७, जयराम सापकोटा । विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न भएको छ । शाखाका बरिष्ठ उपाध्यक्ष दिनेश गन्धर्वको अध्यक्षतामा सम्पन्न वैठकमा आगामी कार्ययोजना वारे छलफल भएको हो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य भिमलाल भट्टराई, हरि शंकर वस्याल, धर्मचन्रद्र नेपाल, मित्रलाल नेपाली,कला संस्कृतिका प्रदेश समिति अध्यक्ष जय प्रकाश उप्रेती, कार्यसमिति उपाध्यक्ष सरस्वती शर्मा वस्याल, जिल्ला कार्यसमिति सह सचिव जयराम सापकोटा, सहकोषाध्यक्ष फडिन्द्र लम्साल र सदस्य ठाकुर वस्याल लगायतले आगामी कार्ययोजना वारे आ-आफ्ना भनाई राखेका थिए । नियमित वैठक वस्नु पर्ने तालिका अनुसार ढिलै गरि वसेको वैठकले आर्थिक वर्ष २०८२र८३ का लागी जिल्ला भित्रका माध्यामिक तहका विधालयहरुलाई चरणवद्ध छनोट गरि धर्म संस्कृति र संस्कार वारे प्रशिक्षण दिने साथै हिन्दुधर्म भित्ररहेका विभिन्न धर्मालव्विहरुलाई एउटै मन्चमा ...
तानसेन बद्रेश्वर शिवालयधाममा चौथो वराहपुराण महायज्ञ सम्पन्न

तानसेन बद्रेश्वर शिवालयधाममा चौथो वराहपुराण महायज्ञ सम्पन्न

Breaking News 2, अर्थ, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
जेठ २६, जयराम सापकोटा । ऐतिहासिक शहर तानसेन ३ भगवति टोल स्थित वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा अठारपुराण मध्ये वार्षिक अनुष्ठान अन्तरगत यस वर्ष चौथो वराहपुराण महायज्ञ सम्पन्न भएको छ । साल जेष्ठ १८ गते वाजागाजा र भजन कृतनका साथ नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराज र ध्यानी बाबा सहित विभिन्न धार्मिक, सामाजिक व्यक्ति र संघ संस्था सहित नगर परिक्रमा गरि शुभारम्भ भएको सप्ताह ज्ञान महायज्ञको यहि जेठ २५ गते सफलताका साथ सम्पन्न भएको हो । उक्त महायज्ञमा नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गीरी महाराजले १८ गते देखि २२ गते सम्म आध्यात्मिक चिन्तन सम्वन्धि प्रवचन दिनु भएकि माताले विदाइको क्रममा आफुलाई तानसेन असाध्यै मन परेको र यहि बद्रेश्वर शिवालय धामको गौशाला माथी दुई कोठा निर्माण गरि नेपालभरको महामन्डलेश्वरको आफ्नो जिम्वेदारी यहि रहेर...
बाजुरामा आगालागी पिडितलाई राहतउपलब्ध गराउन सरकारसँग माग

बाजुरामा आगालागी पिडितलाई राहतउपलब्ध गराउन सरकारसँग माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २४, बाजुराको बुढीगङ्गा नगरपालिका बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरीले जनाएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।...
बागलुङको बरेङमा ३० लाख ५८ हजार राजश्व सङ्कलन

बागलुङको बरेङमा ३० लाख ५८ हजार राजश्व सङ्कलन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २४, “तिरेको कर विकास मार्फत फर्किन्छ घर घर” भन्ने मान्यताका साथ सङ्कलन गरेको बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को आन्तरिक आय जेठको २२ गते सम्म ३० लाख ५८ हजार ७ सय ७२ रुपैंया ७८ पैसा जम्मा गरेको छ । गाउँपालिकाले आगामी नीति तथा कार्यक्रमको तिव्र तयारी गरेको छ । आगामी आर्थिक वर्षमा कति नयाँ कार्यक्रमहरु समावेश गरिने र योजनाहरु सम्पन्न गर्नका लागी नयाँ अवधारणा आउलान भन्ने आशामा नागरिकहरु रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा बरेङ गाउँपालिकाले ४० लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको छ ।      ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज