जेठ २४,
“तिरेको कर विकास मार्फत फर्किन्छ घर घर” भन्ने मान्यताका साथ सङ्कलन गरेको बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को आन्तरिक आय जेठको २२ गते सम्म ३० लाख ५८ हजार ७ सय ७२ रुपैंया ७८ पैसा जम्मा गरेको छ ।
गाउँपालिकाले आगामी नीति तथा कार्यक्रमको तिव्र तयारी गरेको छ । आगामी आर्थिक वर्षमा कति नयाँ कार्यक्रमहरु समावेश गरिने र योजनाहरु सम्पन्न गर्नका लागी नयाँ अवधारणा आउलान भन्ने आशामा नागरिकहरु रहेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा बरेङ गाउँपालिकाले ४० लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको छ ।