जेठ २८,
तानसेनमा ४० लाख लागतमा ४० जना युवालाई सिपमूलक तालिम सुरु भएको छ । दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तरगत ४० जना युवालाई कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन र विल्डिङ्ग इलेक्ट्रिसियन तालिम सुरू भएको हो। इन्स्योर परियोजनामार्फत तानसेन नगरपालिकाको ४० लाख लागतमा कार्यगत अभ्याससहित १० महिना तालिम संचालन गर्न जयन टेक्निकल कलेज अफ टेक्नोलोजी बुटवलले तालिमको संचालन गरेको छ।
तालिमको सुभारम्भ गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले युवालाई सीप प्रदान गरेर स्वरोगजार बनाउन तालिमले टेवा पुग्ने बताउदै शैक्षिक बेरोजगारी बढेको समयमा युवालाई सीप प्रदान गरेर आयआर्जनसंग जोड्न नगरपालिकाले तालिमको आयोजना गरेको बताइन् ।
कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले शैद्धान्तिक भन्दा सीपमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए । जीवनउपयोगी शिक्षाबाट आयआर्जन र गरिबी निवारण गर्न टेवा पुग्ने विश्वासका साथ आयोजना गरिएको तालिमले युवाहरुलाई स्वरोजगार बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै जयन टेक्निकल कलेज अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक नर्मती थापाले सहभागीले पूरा समय दिएर सीप सिक्न र आगामी दिनमा सिकेको सीपबाट आयआर्जनमा लाग्नुपर्ने बताएकि थिइन् । उनले आफ्नो संथाले १७ वर्षदेखि तालिमहरु दिँदै आएको र ३५ जिल्लामा कार्यक्षेत्र रहेको उल्लेख गर्दै अनुभवी र दक्ष प्रशिक्षकबाट सीप सिकाउने व्यवस्था गरिएको जानकारी गराइन् ।
तालिममा तानसेन र अन्य स्थानीय तहका गरी ४० जना युवाले सहभागी जनाएका छन्। जयन टेक्निकलका प्रशिक्षक महेश नेपालीको स्वागत तथा तालिम संयोजक टेक बहादुर धामीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।