असार ३,
जयराम सापकोटा ।
पाल्पाको पूर्वखोला वीरकोट स्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप जिप सोमबार दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनि बगनासकाली गाउँपालिका -१ गाप्टुङ घर भई हाल बुटवल उप-महानगरपालिका -११ मझुवा बस्दै आएका ४६ वर्षीय बिनोद ढुङ्गाना र गल्याङ नगरपालिका ७ स्याङ्जा घर भई बुटवल ११ बस्दै आएका ४५ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुनिल मल्लका अनुसार जिप चालक बुटवल उपमहानगरपालीका ११ का ३० बर्षीय राजु खड्का गम्भीर घाईते भएका छन । उनको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भईरहेको छ । उनको स्वास्थ्यमा अहिले सुधारात्मक अवस्था भएको प्रहरी उपरिक्षक पवन कुमार भट्टराईले भर्खर विहानको ७:१५ मा जानकारी दिएका छन् ।