Breaking News 1

रवि लामिछाने पाल्पामा

रवि लामिछाने पाल्पामा

Breaking News 1, ट्रेन्डिङ, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १, पाल्पा । माघ महिना मौसम निकै चिसो । साँझ पनि परि सकेको । तर तानसेनका बासिन्दाहरूले त्यसको खासै वास्ता गरेनन् । उनीहरूका लागि त्यो चिसोभन्दा ठूलो कुरा थियो रवि लामिछानेलाई देख्ने अनि भेट्ने रहर । टुँडिखेलको गेट अगाडि मानिसहरूको बाक्लो भीड। कोही हातमा पार्टीको झण्डा बोकेका थिए, कोही मोबाइल तयार पारेर भिडियो खिच्न आतुर देखिन्थे, त कोही आफ्ना साथीहरूसँग कुराकानी गर्दै समय कटाइरहेका थिए । सबैको ध्यान थियो रवि लामिछाने कति बेला आइपुग्ने हुन् ! समय बित्दै जाँदा भीड झनै बाक्लो हुँदै गयो । विभिन्न उमेर समूहका मानिसहरूको उपस्थिति देखिन्थ्यो । कतिपयले नारा लगाउँदै माहोललाई तातो बनाइरहेका थिए। टुँडिखेलको आसपास सुरक्षाकर्मीहरू पनि थिए । अन्ततः प्रतीक्षाको घडी समाप्त भयो । रवि लामिछाने कार्यक्रम स्थलमा आइपुगे । उनको आगमनसँगै भीडमा धेरै हलचल मच्चियो दर्शकहरूले फूलका थुँगाले ...
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री

Breaking News 1, समाचार
फागुन १, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । उनले नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र जिल्ला समन्वय समिति महासंघ, नेपालका पदाधिकारीहरूसँग शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा छलफल गर्दै आवश्यक शान्ति-सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए । साथै स्थानीय तहसँग सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गरे। स्थानीय तहका पदाधिकारीहरूले पनि निष्पक्ष निर्वाचनका लागि समन्वय र सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।...
पाल्पा २ मा डा.माधव थापाको घरदैलो अभियान तीव्र, तिनाउका बासिन्दासँग प्रत्यक्ष संवाद

पाल्पा २ मा डा.माधव थापाको घरदैलो अभियान तीव्र, तिनाउका बासिन्दासँग प्रत्यक्ष संवाद

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २९ ,पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिकाको लामाचौर, भ्याग्ला, बगाहा र हरियाली क्षेत्रमा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो एजेन्डा र योजनाबारे जानकारी गराउने उद्देश्यले उहाँ निरन्तर गाउँ-गाउँ, टोल-टोलमा पुग्नुभएको छ । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले सडक सुधार, खानेपानीसहज उपलब्ध गराउने, युवालाई रोजगारी दिने र राम्रो स्वास्थ्य सेवा दिने जस्ता मागहरू राखेका थिए । यी सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता डा. थापाले व्यक्त गर्नुभयो । कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । यस्तै, आज साँझ ६:३० बजे तानसेनको टुँडिखेलमा विशेष सभा आयोजना गरिएको छ । उक्त सभामा पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने कार्यक्रम रहेको छ । र...
गुल्मी-१ मा चुनावी सरगर्मी तीव्र, २१ उम्मेदवार प्रतिस्पर्धामा

गुल्मी-१ मा चुनावी सरगर्मी तीव्र, २१ उम्मेदवार प्रतिस्पर्धामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २९, गुल्मी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र बनाएका छन् । यस क्षेत्रमा १० दल र ११ स्वतन्त्र गरी कुल २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा (एमाले) बाट प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल र नेकपाबाट सुदर्शन बराल मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच विगतमा कडा प्रतिस्पर्धा हुँदै आएको छ भने यसपटक नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ । कुल १ लाख २२ हजार १८६ मतदाता रहेको यस क्षेत्रमा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र तोकिएका छन् । देशका ठूला दलका उच्च प्रोफाइल नेताबीच हुने यस निर्वाचनल...
पाल्पामा राजनीतिक चहलपहल बढ्दै, रवि लामिछानेको जनसंवाद कार्यक्रम आज

पाल्पामा राजनीतिक चहलपहल बढ्दै, रवि लामिछानेको जनसंवाद कार्यक्रम आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी
निराजन पौडेल माघ २९, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने आज पाल्पा आउने भएका छन्। लामिछाने जनसंवाद कार्यक्रमका लागि पाल्पा आउँदै गर्दा जिल्लाको राजनीतिक माहोल थप सक्रिय बनेको छ । पछिल्लो समय देशव्यापी रूपमा सञ्चालन भइरहेको केन्द्रीय जनसंवाद अभियानअन्तर्गत लामिछाने विभिन्न जिल्लामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। सोही अभियानको निरन्तरतामा आज उनको पाल्पा आगमन हुन लागेको हो । रास्वपा पाल्पाका जिल्ला सभापति विष्णु भण्डारीका अनुसार लामिछाने आज दिउँसो करिब ४ बजे रामपुर आइपुग्ने कार्यक्रम तय भएको छ । रामपुरमा छोटो स्वागत कार्यक्रमपछि उनी साँझ ६ बजे तानसेन आउने कार्यतालिका रहेको छ । तानसेनस्थित टुँडिखेलमा शुभेच्छुक तथा समर्थकहरूसँग भेटघाट तथा सम्बोधन कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा उनले पार्टीको वर्तमान गतिविधि, भावी रणनीति र समसा...
पाल्पा-२ मा डा.थापाको घरदैलो कार्यक्रम, खानेपानी र सडक समस्या समाधानमा जोड

पाल्पा-२ मा डा.थापाको घरदैलो कार्यक्रम, खानेपानी र सडक समस्या समाधानमा जोड

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २९, पाल्पा । पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनअघिको घरदैलो कार्यक्रम तीव्र रूपमा सञ्चालन गर्नुभएको छ । यसै क्रममा हिजो बगनासकाली गाउँपालिका वडा नं.१ चिर्तुङधारा, वडा नं.२ आर्यभञ्ज्याङ तथा माथागढी गाउँपालिका वडा नं.१ अगाहाँखोलामा स्थानीय बासिन्दासँग भेटघाट गर्नुभयो । घरदैलो कार्यक्रममा विकास, पूर्वाधार तथा आधारभूत सेवासम्बन्धी विषयमा छलफल भएको छ । अगाहाँखोलामा अधिकांश स्थानीय बासिन्दाहरु स्वतःस्फूर्त रूपमा रास्वपामा प्रवेश गरेको रास्वपा क्षेत्रीय सभापति गणेश बस्यालले जानकारी दिनुभयो । भेटघाटका क्रममा मतदाताहरूले सुरक्षित खानेपानीको अभाव र ग्रामीण सडक पूर्वाधारको कमजोर अवस्थालाई प्रमुख समस्या भएको बताएका थिए । डा.थापाले जनताका आधारभूत समस्या समाधानलाई पहिलो प्राथम...
पाल्पा-२ मा रास्वपाका उम्मेदवार डा. माधव थापाको घरदैलो अभियान तीव्र

पाल्पा-२ मा रास्वपाका उम्मेदवार डा. माधव थापाको घरदैलो अभियान तीव्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
निराजन पौडेल माघ २८, पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागी पाल्पा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाको घरदैलो कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको छ । पाल्पाका विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रममा उम्मेदवार थापाले देशको बदलिँदो राजनीतिक परिस्थितिमा यसपटक नयाँ विकल्पका रूपमा रास्वपालाई रोज्न आग्रह गर्नुभएको छ। उहाँले सुशासन, पारदर्शिता र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै आफूलाई विजयी गराउन मतदातासमक्ष अपिल गर्नुभएको छ । यसैक्रममा आज माघ २८ गते डा.थापाको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम विभिन्न स्थानमा तय गरिएको छ। बिहान ९ बजे चिर्तुङधारा, ११ बजे पोखरा थोकमा कार्यक्रम रहनेछ। त्यसैगरी दिउँसो १ बजे नायरनमतलेस र अपराह्न ३ बजे माथागढी-१, पाल्पामा जनसम्पर्क कार्यक्रम आयोजना गरिने रा...
गुल्मीको सत्यवतीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, २६ जनाको सफल उपचार

गुल्मीको सत्यवतीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, २६ जनाको सफल उपचार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
माघ २५, गुल्मीको सत्यवती गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। माघ २१ र २२ गते जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा ३७४ जनाको आँखा परीक्षण तथा उपचार गरिएको थियो भने २६ जना मोतियाबिन्दुका बिरामीको सफलतापूर्वक निःशुल्क शल्यक्रिया गरिएको छ। शिविर सत्यवती गाउँपालिका र नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको सहकार्यमा सम्पन्न भएको थियो ।...
चुनाव एकै दिनमा हुने: प्रधानमन्त्री कार्की

चुनाव एकै दिनमा हुने: प्रधानमन्त्री कार्की

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
माघ २२, प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते एकै दिनमा हुने बताएकी छन्। भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनाव एकै पटक हुने स्पष्ट पारिन्।    
सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन : गगन थापा

सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन : गगन थापा

Breaking News 1, ट्रेन्डिङ, समाचार
माघ २२, नेपाली काँग्रेसका नेता गगन थापाले सत्तामा पुग्न वा टिक्नका लागि पार्टीले जोसँग पनि मिल्ने काम नगर्ने बताएका छन्। एक भिडियो सन्देशमार्फत उनले बदलिएको काँग्रेसले राष्ट्रहितलाई पार्टी हितभन्दा माथि राख्ने र सिद्धान्तसँग सम्झौता गर्नु परे सरकार बाहिर बस्न पनि तयार रहने स्पष्ट पार्दै काँग्रेस ‘इलेक्सन मेसिन’ मात्र नभएको उनले जनाएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज