फागुन १,
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
उनले नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र जिल्ला समन्वय समिति महासंघ, नेपालका पदाधिकारीहरूसँग शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा छलफल गर्दै आवश्यक शान्ति-सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए ।
साथै स्थानीय तहसँग सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गरे। स्थानीय तहका पदाधिकारीहरूले पनि निष्पक्ष निर्वाचनका लागि समन्वय र सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।