Breaking News 1

सुटकेसमा शव, एक जना पक्राउ

सुटकेसमा शव, एक जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ९, रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि बस्ने २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेसमा फेला परेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको परिचय खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आजको मौसम

आजको मौसम

Breaking News 1, लुम्बिनी, समाचार
भदौ ९, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव छ। हाल देशका अधिकांश स्थानमा बदली रही गण्डकी, लुम्बिनी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिनभर देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम, केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम तराई भू-भागमा हावाहुरी चल्ने संभावना पनि रहेको छ।...
पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
भदौ ८, पाल्पामा यस वर्ष हालसम्म २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। सबैभन्दा धेरै साउन र भदौ महिनामा बिरामी बढेका हुन्। संक्रमितमध्ये १८५ जना पाल्पा भित्रका रहेका छन् भने बाँकी बाहिरी जिल्लाबाट आएका हुन्। लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेङ्गुका बिरामी देखिएका छन्। अन्य जिल्लामध्ये रूपन्देहीमा ८६, दाङमा ६८, गुल्मीमा ५३ र बाँकेमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। एडिस एजिप्टाइ लामखुट्टेको टोकाइबाट सर्ने यो रोग वर्षायाममा बढी फैलिने गरेको छ। ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भए पनि संक्रमणमा कमी आउन सकेको छैन। चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन र सचेत रहन सुझाव दिएका छन्। गत वर्ष पाल्पामा ४६४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो।...
आजको मौसम

आजको मौसम

Breaking News 1, समाचार
भदौ ८, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली छ। बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको अनुमान छ। मधेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, सुदूरपश्चिम
भदौ ७, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराई भू-भाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुदाँ आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ६, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
कमजोर बन्दै मनसुनी प्रणाली

कमजोर बन्दै मनसुनी प्रणाली

Breaking News 1, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
भदौ ०५, आज देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
नेपाल भित्रियो उड्ने कार

नेपाल भित्रियो उड्ने कार

Breaking News 1, अर्थ, ब्यापार, समाचार
भदौ ३ । मानिसले कल्पना गरे जस्तै विदेशमा उड्ने कार बनेको भन्ने विभिन्न समाचारका बीच अब नेपालमै पनि उड्ने कार आइपुगेको छ । केही दिन अघि नेपाल र चीनको नाकामा उड्ने कार बोकेर मानिसहरु हिँडी रहेको दृष्य भाइरल भएको थियो । त्यसको केही दिनमै उक्त कार काठमाडौं पुगेको छ । मंगलबारबाट काठमाडौंमा शुरु भएको नाडा अटो शो मा उड्ने कार प्रदर्शनमा राखिएको छ । उक्त कार हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन् । उक्त शो मा अहिले निकै आकर्षणका रुपमा रहेको उड्ने कार हेर्नेहरुको भिड लागेको छ । दर्शकहरुले हेर्ने र फोटोहरु खिच्ने गरेका छन् । यतिवेला सामाजिक सञ्जालमा पनि उड्ने कार भाइरल भइरहेको छ ।...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
साउन ३१, आज भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व। सनातन धर्मावलम्बीले आज भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। आफूले गरेको कर्मअनुसार नै फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ।​ कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्ल...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सााउन ३१, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज