भदौ ८,
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली छ। बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको अनुमान छ। मधेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।