समाचार

बाजुरामा आगालागी पिडितलाई राहतउपलब्ध गराउन सरकारसँग माग

बाजुरामा आगालागी पिडितलाई राहतउपलब्ध गराउन सरकारसँग माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २४, बाजुराको बुढीगङ्गा नगरपालिका बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरीले जनाएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।...
आजको मौसम

आजको मौसम

समाचार
जेठ २४, आज देशका धेरै ठाउँको मौसम सफा छ । कोशी र बागमती प्रदेशसहित देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशीका धेरैजसो भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव मौसमविदले बताएका छन्।    
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
जेठ २४, गोपाल प्रसाद वश्याल । सदरमुकाम तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा तीन दिने डिजिटल एवम् वित्तीय साक्षरता र अभिप्रेरणामूलक सन्देश कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कक्षा ९ र १० का ६४ जना विद्यार्थीहरू र ३० जना शिक्षकहरू सहभागी भएको यस कार्यक्रममा डिजिटल साक्षरतासम्बन्धि अभिमुखीकरण कार्य विद्यालयका कम्प्युटर विभाग संयोजक ईञ्जिनियर तिलक राम भण्डारीले आधारभूत सञ्चालन सिप, इन्टरनेटको सहायताबाट गरिने क्रियाकलाप, अनलाइन सञ्चार र सुरक्षित प्रयोगजस्ता डिजिटल साक्षरताका चार आधारभूत तत्वहरूको सविस्तार प्रस्तुति गर्दै यसका लागि डिजिटल साधनको पहुँच र सञ्चालन सिप विकास गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सुरक्षित मोबाइल सिकाइको प्रयोगात्मक अभ्यास प्रदर्शन गर्नुभएको थियो । कार्यक्रमको दोस्रो दिन डा.झपेन्द्र ढकाल, ईञ्जिनियर लक्ष्मण गैरे र पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष एवम् यु...
बागलुङको बरेङमा ३० लाख ५८ हजार राजश्व सङ्कलन

बागलुङको बरेङमा ३० लाख ५८ हजार राजश्व सङ्कलन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २४, “तिरेको कर विकास मार्फत फर्किन्छ घर घर” भन्ने मान्यताका साथ सङ्कलन गरेको बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को आन्तरिक आय जेठको २२ गते सम्म ३० लाख ५८ हजार ७ सय ७२ रुपैंया ७८ पैसा जम्मा गरेको छ । गाउँपालिकाले आगामी नीति तथा कार्यक्रमको तिव्र तयारी गरेको छ । आगामी आर्थिक वर्षमा कति नयाँ कार्यक्रमहरु समावेश गरिने र योजनाहरु सम्पन्न गर्नका लागी नयाँ अवधारणा आउलान भन्ने आशामा नागरिकहरु रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा बरेङ गाउँपालिकाले ४० लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको छ ।      ...
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २२, भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको र कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेको उनले बताए । कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिएका छन् । उनका अनुसार काठमाण्डौमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ । भारत लगायतका विभिन्न देशमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण निम्तन सक्ने भएकोले सुदूरपश्चि...
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

समाचार
जेठ २२ काठमाडौ पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जनाएका छन् ।...
आज गङ्गादशहरा मेला

आज गङ्गादशहरा मेला

लुम्बिनी, समाचार
जेठ २२ आज गङ्गादशहरा मेला मनाइँदैछ । मेलाको अवसरमा गुल्मीको रिडीधाम,रसुवाको गोसाइँकुण्ड लगायतका धार्मिक स्थलमा दर्शनार्थीको बिहानै देखी घुइँचो लागेको छ । हरेक वर्ष जेठ शुक्लदशमीको दिन यो मेला मनाइन्छ ।
पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
जेठ २२ आज नेपाली बजारमा सुनको भाउ हिजोजस्तै तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
वराहपुराण ज्ञानमहायज्ञ कार्यक्रमको समुदघाटन : माता हेमानन्द महाराजजीवाट प्रवचनहुने

वराहपुराण ज्ञानमहायज्ञ कार्यक्रमको समुदघाटन : माता हेमानन्द महाराजजीवाट प्रवचनहुने

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २०, जयराम सापकोटा- ऐतिहासिक शहर तानसेन वडा नं. ३ भगवति टोल स्थित परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा अठारपुराणको वार्षिक अनुष्ठान अन्तरगत यसवर्ष वराहपुराण, नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य जुनाअखडा महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराजवाट प्रवचनहुने ज्ञानमहायज्ञको कलशयात्रा तथा समुदघाटन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । तानसेन नगरप्रमुख शन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त यज्ञशुभारक्भ कार्यक्रमा महामन्डलेश्वर माता हेमानन्द गिरी माहराज सहित अनन्त विभुषित ध्यानी बाबा तथा कृण्णचरित्रवान चैतन्यमहाप्रभु लगायत अन्य धार्मीक सामाजिक र राजनैतिक अभियान्ता हरुको उपस्थिति रहेको थियो । शप्ताह ज्ञानमहायज्ञको शुभारम्भमा २२ वटा भन्दा वढि टोल विकाश संस्था, आरती भजनमन्डली, ॐशान्ती परिवार र महिला पन्चेवाजा शहित करिव पाँचसय भन्दा वढि भक्तजनहरुले वाजा गाज...
तानसेनमा मादल बजाउने कार्यक्रम शुभारम्भ

तानसेनमा मादल बजाउने कार्यक्रम शुभारम्भ

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मनोरञ्जन, लुम्बिनी, विचार, समाचार
जेठ १८, जयराम सापकोटा तानसेनमा राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पा द्वारा आयोजित ७ दिने मादल वजाउने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रममा विशिष्ठ अतिथि तथा अतिथिको रुपमा तानपा ६ का वडाध्यक्ष सागरमान महर्जन,राष्टिय स्वतन्त्रपाटीका अध्यक्ष शुमन गैरे, कानुनी सल्लाकार शिवचन्द्र देवकोटा,तानसे नगर पालिका सामुदायीक विकाश शाखा प्रमुख भरत प्रसाद आचार्य, पाल्पा व्यापार संघका वरिष्ट उपाध्यक्ष कमल ढकाल, राष्ट्रियलोक दोहोरी प्रतिष्ठानका सल्लाहाकार जय प्रकाश उप्रेती लगायतको पस्थितिमा तालिमको उदघाटन भएको कार्यक्रमका संयोजक पवन वस्यालले जानकारी दिनुभयो । समय सापेक्ष विभिन्न किसिमका सिपमुलक तालिम र प्रशिक्षण दिदै आएको राष्ट्रियलोक तथा दोहोरीगीत प्रतिष्ठानले यहि जेठ १८ गतेवाट २४...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज