वराहपुराण ज्ञानमहायज्ञ कार्यक्रमको समुदघाटन : माता हेमानन्द महाराजजीवाट प्रवचनहुने

जेठ २०,
जयराम सापकोटा-
ऐतिहासिक शहर तानसेन वडा नं. ३ भगवति टोल स्थित परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा अठारपुराणको वार्षिक अनुष्ठान अन्तरगत यसवर्ष वराहपुराण, नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य जुनाअखडा महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराजवाट प्रवचनहुने ज्ञानमहायज्ञको कलशयात्रा तथा समुदघाटन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

तानसेन नगरप्रमुख शन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त यज्ञशुभारक्भ कार्यक्रमा महामन्डलेश्वर माता हेमानन्द गिरी माहराज सहित अनन्त विभुषित ध्यानी बाबा तथा कृण्णचरित्रवान चैतन्यमहाप्रभु लगायत अन्य धार्मीक सामाजिक र राजनैतिक अभियान्ता हरुको उपस्थिति रहेको थियो । शप्ताह ज्ञानमहायज्ञको शुभारम्भमा २२ वटा भन्दा वढि टोल विकाश संस्था, आरती भजनमन्डली, ॐशान्ती परिवार र महिला पन्चेवाजा शहित करिव पाँचसय भन्दा वढि भक्तजनहरुले वाजा गाजा र आआफ्नो पहिचान सहितको भेषभुसामा झाँकी रेली निकालिएको थियो ।

तानसेन ३ स्थित वद्रेश्वर शिवालयधामवाट दिनको मध्यान्न ठिक १२ वजे झाकी रेली तानसेन बजारको शितलपाटी, नारायणस्थान, टुडिखेल, आन्दोलनचोक, लहरेपिपल,सिल्खानटोल,विशालबजार,मखनटोल हुदै दिनको २ वजे रेली शिवालयधाम प्रवेश गरेको थियो ।

कलशयात्राको समापनपछि लगत्तै शोभायात्रामा समावेश टोल संस्थाहरु विभिन्न भजन मन्डलीहरु लाई प्रमुख अतिथीवाट रामनाम र मायाको चिनो प्रदान गरिएको थियो ।  नगरप्रमुखको शुभ जन्मोत्सव परेकोले आफ्नो जन्मदिनको उपलक्षमा महायज्ञलाई रु २५००० (पच्चिस हजार) नगद रकम प्रदान गर्ने घोषणा गर्नुभएको थियो । जेठ १९ वाट सुरु भएको वराहपुराण ज्ञानमहायज्ञ यहि जेठ २५ गते समापन हुनेछ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज