कार्तिक ४, आज सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रभाव नरहेको जनाएको छ ।
४ कार्तिक २०८२, सोमबार४ कार्तिक २०८२, सोमबार४ कार्तिक २०८२, सोमबार by Bihani PostNo Comments
कार्तिक ३, पाल्पा
माथागढी गाउँपालिका–१ चिदीपानीस्थित फेदी युवा क्लबको आयोजनामा एकदिने मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता बिष्णु बहादुर सारुले गर्नुभयो भने प्रमुख अतिथि रूपमा माथागढी गाउँपालिका–१ का वडा अध्यक्ष राजकुमार पन्थी उपस्थित रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पन्थीले खेलकुद क्षेत्रले युवामा अनुशासन, एकता र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्दै शारीरिक तन्दुरुस्तीका साथै सामाजिक समरसता मजबुत बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले खेलकुद, भौतिक संरचना र मानव संसाधनको सन्तुलित विकासका लागि वडा कार्यालय सदैव जनताको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
प्रतियोगितामा रमैडाँडा युवा क्लब प्रथम, आयोजक फेदी युवा क्लब द्वितीय तथा खहरे युवा क्लब ( माथागढी–२ र ३) तृतीय स्थानमा रहेका छन्। विजेता टोलीहरूलाई क्रमशः प्रथमलाई र...
२ कार्तिक २०८२, शनिबार२ कार्तिक २०८२, शनिबार२ कार्तिक २०८२, शनिबार by Bihani PostNo Comments
कार्तिक १, पाल्पा ।
माथागढी गाउँपालिका–१ चिदीपानीस्थित बाहाखोक–अर्पिडाडा दोहोरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
समूहका अध्यक्ष खेमान सिंह थापा (सारु) को अध्यक्षतामा सम्पन्न सो सभामा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत चालु आर्थिक वर्ष २०८२ र ०८३ भित्र चिदीपानी क्षेत्रका करिब ९०प्रतिशत घरधुरीमा सुरक्षित खानेपानी पुर्याउने प्रतिबद्धता जनाउनुभयो।
उहाँले खानेपानीसँगै शिक्षा, स्वास्थ्य, मोटरबाटो, सिंचाइ, कृषि र पशुपालनलाई समेत उच्च प्राथमिकतामा राखी विकासका कार्यहरू अघि बढाइरहेको जानकारी दिनुभयो। “हामी जनताको मुहारमा खुशी ल्याउन चुनीएका जनप्रतिनिधि हौं। राम्रो गर्ने प्रयास सधैं रहन्छ, तर गलत कहिल्यै गर्दैनौं,” उहाँको भनाइ थ...
१ कार्तिक २०८२, शुक्रबार१ कार्तिक २०८२, शुक्रबार१ कार्तिक २०८२, शुक्रबार by Bihani PostNo Comments
असोज ३१, पाल्पा ।
तानसेन नगरपालिका-५, कैलाशनगरस्थित श्रीनगर डबलीमा कार्तिक १ गते मौलिक देउसी भैलो कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्।
राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान, पाल्पा शाखाको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा लोकप्रिय लोकगायक नारायण रायमाझी सहित ख्याती प्राप्त कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिनेछन्।
पत्रकार सम्मेलनमार्फत आयोजकले यो कार्यक्रमलाई पाल्पा जिल्लामै पहिलोपटक हुने विशेष सांस्कृतिक प्रस्तुतिको रूपमा परिचय गराएका छन्। स्थानीय संस्कृति र मौलिक परम्पराको जगेर्नाका लागि यो कार्यक्रम एक महत्वपूर्ण हुने विश्वास गरिएको छ।
श्रीनगर डबलीको ऐतिहासिक र सांस्कृतिक परिवेशमा देउसी भैलोको यो नयाँ स्वरूपले पाल्पाली संस्कृति र लोकसंगीतलाई अझ उजागर गर्ने अपेक्षा गरिएको छ।...
३० आश्विन २०८२, बिहीबार३० आश्विन २०८२, बिहीबार३० आश्विन २०८२, बिहीबार by Bihani PostNo Comments
पाल्पा, असोज ३०
माथागढी गाउँपालिका–१, चिदीपानीस्थित अर्पिडा युवा क्लबको आयोजनामा सम्पन्न मैत्रीपूर्ण भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको उक्त प्रतियोगितामा ३६ वटा टोलीको सहभागिता रहेको थियो।
प्रतियोगितामा बिरकोट युवा क्लब प्रथम स्थान हासिल गर्दै विजेता बनेको छ भने आयोजक अर्पिडा युवा क्लब दोस्रो र मैडाडा युवा क्लब तेस्रो स्थानमा रहेका छन्।
समापन समारोहका प्रमुख अतिथि तथा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थीले विजेता टोलिहरूलाई नगद पुरस्कार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको थियो। उहाँले यस्ता कार्यक्रमहरू युवाहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य सुधार, स्थानिय पहिचान र आपसी सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताउनु भयो। साथै, उहाँले युवाहरूको भावना तथा समुदायको आवश्यकता अनुसार जिम्मेवार पूर्वक काम गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो।
कार्यक्र...
३० आश्विन २०८२, बिहीबार३० आश्विन २०८२, बिहीबार३० आश्विन २०८२, बिहीबार by Bihani PostNo Comments
असोज ३०,
इन्द्र न्यौपाने गुल्मी ।
कालीगण्डकी गाउँपालिका वेद बहादुर थापाले आफू "एक घर एक धारा" कार्यक्रमा निरन्तर लागेको बताएका छन् । यस अभियानलाई अगाडि बढाउदा बाधक तत्वलहरुले बिरोध गरेता पनि आफू आफ्नो काममा निरन्तर लागी जनातालाई स्वच्छ पिउने पानीको सेवा दिन र यही क्रमले आफूलाई भावी पुस्ताले सम्झीने उनी बताउछन् ।
पत्रकारहरुले हाल सम्म पालीकाको भवन किन नबनेको भनी सोध्दा उनी बताउछन् अझैपनि पालिकाबासी लामो समय लगाएर पानी बोकेर खाइरहेको अवस्थामा विकासका नाममा पालिका भवन बनाउनु उचित नरहेको कुरामा जोड दिएका छन् । एक ग्रागी पानी लिएर आउदा एक बिहान जाने र हतारहतार विधालय जानु पर्ने कुरा सम्झी भाबुक हुँदै अब छिट्टै सबै ठाउँमा एक घर एक धारा कार्यक्रम पुग्ने कुरामा पालिका बासीलाई विश्वस्त हुन आग्रह गरेका छन् ।
निकै संघर्षका बावजुत आफ्नो पालिकालाई कसरी अगाडि बढाउन सकिन्छ र यहाँका नागरिकको जिवनस...
२६ आश्विन २०८२, आईतवार२६ आश्विन २०८२, आईतवार२६ आश्विन २०८२, आईतवार by Bihani PostNo Comments
असोज २६, देशभर शनिबार देखी मुख्यतया मौसम सफा छ । हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट पानी पर्ने अनुमान विभागले गरेको छ ।...
२६ आश्विन २०८२, आईतवार२६ आश्विन २०८२, आईतवार२६ आश्विन २०८२, आईतवार by Bihani PostNo Comments
असोज २६,
आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।
सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।
सुपर सिक्समा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।...
२५ आश्विन २०८२, शनिबार२५ आश्विन २०८२, शनिबार२५ आश्विन २०८२, शनिबार by Bihani PostNo Comments
असोज २५, यस वर्षको मनसुन देशका सबै भागबाट बाहिरिएको छ । गएको असोज २० गतेदेखि बाहिरिन शुरू भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी हिजोदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
असोज २० गते सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही ठाउँबाट मनसुन बाहिरिन शुरू भएको थियो । हिजोदेखि भने देशभरबाट मनसुन बाहिरिएको हो । यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गएको जेठ १५ गते मनसुन भित्रिएको थियो । मनसुन देशभर फैलिन २३ दिन लागेको थियो ।
मनसुनको अन्त्यतिर यसपालि देशका ५० भन्दा बढी जिल्लामा ठूलो वर्षाका कारण जनजीवन प्रभावित भयो । मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव भने रहन सक्ने मौसम विभागले जनाएको छ ।...
२४ आश्विन २०८२, शुक्रबार२४ आश्विन २०८२, शुक्रबार२४ आश्विन २०८२, शुक्रबार by Bihani PostNo Comments
असोज २४,
आज सामान्यतया देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि देखीएको छ ।
सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायु कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसले गर्दा देशभर मुख्यतया मौसम सफा छ ।
...