असोज ३०,
इन्द्र न्यौपाने गुल्मी ।
कालीगण्डकी गाउँपालिका वेद बहादुर थापाले आफू “एक घर एक धारा” कार्यक्रमा निरन्तर लागेको बताएका छन् । यस अभियानलाई अगाडि बढाउदा बाधक तत्वलहरुले बिरोध गरेता पनि आफू आफ्नो काममा निरन्तर लागी जनातालाई स्वच्छ पिउने पानीको सेवा दिन र यही क्रमले आफूलाई भावी पुस्ताले सम्झीने उनी बताउछन् ।
पत्रकारहरुले हाल सम्म पालीकाको भवन किन नबनेको भनी सोध्दा उनी बताउछन् अझैपनि पालिकाबासी लामो समय लगाएर पानी बोकेर खाइरहेको अवस्थामा विकासका नाममा पालिका भवन बनाउनु उचित नरहेको कुरामा जोड दिएका छन् । एक ग्रागी पानी लिएर आउदा एक बिहान जाने र हतारहतार विधालय जानु पर्ने कुरा सम्झी भाबुक हुँदै अब छिट्टै सबै ठाउँमा एक घर एक धारा कार्यक्रम पुग्ने कुरामा पालिका बासीलाई विश्वस्त हुन आग्रह गरेका छन् ।
निकै संघर्षका बावजुत आफ्नो पालिकालाई कसरी अगाडि बढाउन सकिन्छ र यहाँका नागरिकको जिवनस्तर उकास्न के गर्नु पर्छ भनी सधै रचनात्मक कुरामा थापा लागी परेका छन् ।