Author: Bihani Post

लोक सेवामा ६ पटक फेल भए अब परीक्षा निषेध हुदै 

लोक सेवामा ६ पटक फेल भए अब परीक्षा निषेध हुदै 

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०४ संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने गरी तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई जिम्मेवारी दिएको छ । धेरै पटक परीक्षा दिएर पास हुने कर्मचारीले निजामती सेवामा योगदान गर्न नसक्ने पनि आयोग अध्यक्ष रेग्मीको तर्क समेत छ।...
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

खेलकुद, ताजा अपडेट
चैत ०४ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन् । प्रिमियर लिगमा ७० अङ्क रहेको लिभरपुल शीर्ष स्थानमा छ । ५८ अङ्कका साथ आर्सनल दोस्रो र ५४ अङ्क रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । ४९ अङ्क रहेको चेल्सी चौथो स्थानमा छ ।
अमेरिकामा रहेका २ सय बढी भेनेजुएलाका आपराधिक गिरोह पक्राउ

अमेरिकामा रहेका २ सय बढी भेनेजुएलाका आपराधिक गिरोह पक्राउ

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत ०४ अमेरिकामा रहेका भेनेजुएलाका २ सयभन्दा बढी कथित अपराधिक गिरोहका सदस्यहरुलाई पक्राउ गरी एल साल्भाडोरको कारागारमा लगिएको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका आपराधिक गिरोह ट्रेन डे अरागुआका २ सय ३८ सदस्यहरुलाई आफनो देशमा रहेको सुपरम्याक्स कारागारमा राखिएको जानकारी दिएको छ । यद्दपी उनीहरुले गरेको अपराधका विषयमा अमेरिकी सरकार र एल साल्भाडोरसँग कुनै प्रमाण भने छैन । अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई उनीहरुलाई पक्राउ गर्नुको प्रमाण पेश गर्न आदेश दिँदा दिँदै एल सल्भाडोर पुर्‍याइएको बुझिएको छ । एल साल्भाडोरका राष्ट्रपति बुकेलेले न्यायाधीशको आदेश ढिलो आएको भन्दै खिल्ली उडाएर पक्राउ परेका २ सय ३८ जनाको हात र खुट्टा बाँधिएको दृश्य सामाजिक सञ्जालमा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीका रुपमा रहेका बुकेलेले भेनेजुएलाका कुख्यात गिरोहलाई आतंकवाद बन्दीगृ...
६० बर्षका आमिर खान फेरी प्रेममा

६० बर्षका आमिर खान फेरी प्रेममा

मनोरञ्जन
चैत ०४ आफ्नो ६०औं जन्मदिन मनाइरहँदा  बलिवुड अभिनेता आमिर खान फेरी प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको बारेमा मिडियामा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आमिरले आफ्ना दुई पूर्वपत्नीहरू, रीना दत्ता र किरण रावसँग राम्रो सम्बन्ध राख्छन् र सम्बन्ध विच्छेद पछि पनि परिवार जस्तै सम्बन्धमा रहेका छन् । अब, उनी तेस्रो पटक बेंगलुरुको गौरी स्प्रेटसँग प्रेममा परेका छन् । बलिउडका मिस्टर परफेक्शनिस्टको छबि बनाएका आमिर खानले आफूलाई एक्लै बस्न मन नपर्ने र अब उनी गौरीसँग खुसी भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका थिए । गौरीको बारेमा उनले पाँच विशेष कुरा भनेका छन् । पहिलो कुरा, गौरी बेंगलुरुकी बासिन्दा हुन् र कपाल काट्ने व्यवसाय गर्छिन् । दोस्रो, उनी आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् । तेस्रो, आमिरसँग...
फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? 

फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? 

ताजा अपडेट, मनोरञ्जन
चैत ०४ फिल्म ‘होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ । फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार फिल्मले ६ दिनमा अर्थात् बुधबारसम्म ग्रस २ करोड २० लाख कमाएको छ । सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ । होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।...
रुपन्देहीमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

रुपन्देहीमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत ०४ रुपन्देहीको सैनामैना वडा नं. ४ मा लागू औषध ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयले जिल्ला रुपन्देही सैनामैना –०४ निवासी बर्ष २१ का राम मल्लाहलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ भने पक्राउ परेका युवालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ । उनीमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीको भनाइ छ ।...
चार देशीय सिरिज : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

चार देशीय सिरिज : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत ०३ नेपालले आज जारी चार देशीय महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत तेस्रो स्थानको लागि हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो । नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एकएक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एकएक खेलमा पराजित गरेको थियो । अब तेस्रो स्थानका लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै, फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।...
पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घट्यो

पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घट्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
चेत ०३ नेपाल आयल निगमले पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घटाएको छ । हिजो शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, मट्टीतेल र डिजलमा प्रतिलिटर ४/४ रुपैयाँको दरले मूल्य घटाइएको निगमले जनाएको छ ।
वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

ताजा अपडेट, मधेस प्रदेश, शेयर बजार, समाचार
चैत ०२ वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ । वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिकमा ११ अर्ब १० करोड रुपैयाँ र मङ्सिरमा भने १४ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ राजस्व असुली भएको थियो ।...
शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड

शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत ०२ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताए । शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज