चैत ०३
नेपालले आज जारी चार देशीय महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत तेस्रो स्थानको लागि हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एकएक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एकएक खेलमा पराजित गरेको थियो । अब तेस्रो स्थानका लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् ।
त्यस्तै, फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।