Author: Bihani Post

त्रिविका क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८

त्रिविका क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८

Breaking News 1, ट्रेन्डिङ, शिक्षा, समाचार
चैत ०५ त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ । सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भो...
नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

नागरिक लगानी कोषको खुद कोष २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

ताजा अपडेट, समाचार
चैत ०४ नागरिक लगानी कोषको खुद कोष मौज्दात २ खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। कोषको ३५औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा कोषका अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले सानो पूँजी सङ्कलन गरी यस्तो ठूलो वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको बताए । २०४७ सालमा स्थापना हुँदा कोषको बचत मात्र २ करोड ४४ लाख रुपैयाँ थियो। अहिले कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ पुगिसकेको छ। विभिन्न सात वटा योजनाहरू सञ्चालन गर्दै आएको कोषले सबै कार्यक्रमबाट जगेडा कोषसहित २ खर्ब ७३ अर्ब रुपैयाँ वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको जनाएको छ। पुस मसान्तसम्म कोषले २ खर्ब ६४ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको जानकारी दिइएको छ। कोषले साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको र ‘शेयर डिबेन्चर’ हरूमा पनि लगानी गरेको उल्लेख गरिएको छ। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष...
प्रधानमन्त्री कप: क्रिकेटमा पुलिसको पाँचौं जीत

प्रधानमन्त्री कप: क्रिकेटमा पुलिसको पाँचौं जीत

खेलकुद
चैत ०४ प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए । यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार पाँचौं जीत हो ।...
चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : सांसद ज्वाला

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : सांसद ज्वाला

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०४ एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत भएको बताए । उनले लोक सेवाको परीक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताए। राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताएका छन । संसद्ले लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोकसेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न ल...
नेत्र स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक :शिक्षामन्त्री भट्टराई

नेत्र स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक :शिक्षामन्त्री भट्टराई

स्वास्थ्य
चैत ०४ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्नुपर्ने भएकोले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा विधेयकमाथिको छलफलका उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टराईले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले विधेयकमा विश्वविद्यालयको संगठन, सम्पती व्यवस्थापन, नेतृत्व र संचालकहरुको छनोट समावेशी समावेशी बनाउने लगायतका प्रबन्ध गरिएको बताउनुभयो । मन्त्री भट्टराईले विधेयकमा आँखा उपचारको क्षेत्रमा तीन तहको सरकारबीच समन्वय गर्न कार्यकारी परिषद्को व्यवस्था गरिएको समेत बताउनुभयो ।...
आज पनि शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ महिनायताकै कम

आज पनि शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ महिनायताकै कम

अर्थ, ट्रेन्डिङ, ब्यापार, शेयर बजार
चैत ०४ शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अङ्कले घटेर २ हजार ७ सय ४ दशमलव ७० विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, लगानी, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे ३ प्रतिशतले ओरालो लागेको छ । आज महालक्ष्मी विकास बैंकको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३ सय ३१ वटा कम्पनीका ९९ लाख ३५ हजार कित्ता शेयर ५ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि माघ ३ गते ५ अर्ब ८८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।...
युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत ०४ रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको छ । ट्रम्प र पुटिनबीचको वार्तालाई महत्त्वपूर्ण मानिएको छ । युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग भेट गरेपछि ट्रम्प र पुटिनवीच कुराकानी गर्ने तय भएको हो । यसअघि, पुटिनले एक पत्रकार सम्मेलनमा सिद्धान्ततः युद्धविरामको समर्थन गर्ने, तर युद्धविराम दिर्घकालिन समाधान उन्मुख हुनुपर्ने बताएका थिए । त्यस्तै जेलेन्स्कीले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेका छन् । युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले सार्वजनिक रूपमा मस्...
२०२८ मा “पुष्पा ३” रिलिज हुने

२०२८ मा “पुष्पा ३” रिलिज हुने

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
चैत ०४ साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्‍यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् । अब, ‘पुष्पा ३’ को बारेमा रोचक जानकारी बाहिर आएको छ। ब्लकबस्टर एक्सन ड्रामा ‘पुष्पा ३’ को तेस्रो सिरिज आउने निश्चित भएको हो । ‘रोबिन हुड’ को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलीजको घोषणा गरेका छन् । उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । यो अपडेट ‘पुष्पा २: द रुल’ को सफलता पछि आएको हो, जसले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो । राम ...
एमालेको सचिवालयको बैठक बस्दै

एमालेको सचिवालयको बैठक बस्दै

ताजा अपडेट, समाचार
चैत ०२ नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु हुने बताइएको छ । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल हुने बुझिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०४ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ शुरू हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौं र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए। यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ ।    ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज