चैत ०४
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्नुपर्ने भएकोले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विधेयकमाथिको छलफलका उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टराईले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले विधेयकमा विश्वविद्यालयको संगठन, सम्पती व्यवस्थापन, नेतृत्व र संचालकहरुको छनोट समावेशी समावेशी बनाउने लगायतका प्रबन्ध गरिएको बताउनुभयो ।
मन्त्री भट्टराईले विधेयकमा आँखा उपचारको क्षेत्रमा तीन तहको सरकारबीच समन्वय गर्न कार्यकारी परिषद्को व्यवस्था गरिएको समेत बताउनुभयो ।